राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

तलब बढाएको भन्दै क्यानाडाका डाक्टरहरुले गरे आन्दोलन

शुक्रवार, २५ फागुन २०७४ १७:५४

क्यानाडाका डाक्टरहरुले तलव नबढाउन माग गर्दै आन्दोलन थालेका छन।
क्यानाडाको चिकित्सा महासंघले डाक्टरहरुको तलव बृद्दी गरेको सुचना निकाले लगत्तै डाक्टरहरुले आन्दोलन थालेका हुन। ‘हामी डाक्टरहरु प्रभावकारी सार्वजानिक सेवा प्रर्णालीमा बिश्वास गर्छौ। तलव बृद्दीमा बिश्वास गर्दैनौ।’ डाक्टरहरुले सार्वजानिक गरेको बिज्ञप्तीमा जनाइएको छ।

अस्पतालमा काम गर्ने नर्सले दैनिक बढी काम गर्न परेको,   बिरामीहरुले उपचारखर्चका लागी बढी संघर्ष गरिरहेकावेला क्यानाडास्थित चिकित्सा महासंघले डाक्टरहरुको तलव बढाएको भन्दै डाक्टरहरुले आन्दोलन गरेका हुन। ‘तलव बढाइएको बिषय बढी दुखदायी छ। हाम्रो अस्पतालहरुमा काम गर्ने नर्स, सहयोगीहरु तथा अन्य कर्मचारीले कामकालागी बढी संषर्ष गरेर थोरै पैसा पाइरहेका बेला हामी डाक्टरहरुका लागी बढाइएको तलव हाम्रा लागी अश्वीकार्य छ।’ ५ सय जना डाक्टर लगायत १ सय ७३ जना मेडिकल बिद्धार्थीहरुले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ।

२ सय १३ जना जेनेरल प्रयाक्टिसियन, १ सय ८४ बिशषेज्ञ, १ सय ४९ मेडिकल डाक्टर र १ सय ६२ मेडिकलका बिद्दार्थीले डाक्टरहरुका लागी बढाइएको तलव सरकार संयन्त्रमै फिर्ता पठाइनु पर्ने माग समेत गरेका छन।

थप जानकारी