राष्ट्र हितमा समर्पित
बिहिवार, चैत्र १५, २०८०

अस्पतालमा नै औषधिको अभाव

शनिवार, १७ चैत्र २०७४ ७:२५

सरकारले जिल्ला अस्पतालहरूबाट ७२ प्रकारका औषधि निःशुल्क वितरण गरे पनि जाजरकोट अस्पतालमा भने सामान्य औषधि पनि पाइँदैनन् । जिल्ला अस्पतालमा लामो समयदेखि औषधि अभाव भएको छ ।
यहाँ सिटामोल र जीवनजलसमेत पाइन छाडेको छ ।
बजेट अभावमा अस्पतालले समयमै औषधि खरिद गर्न नसक्दा एवं सरकारले निःशुल्क वितरण गरिने औषधि नपठाउँदा समस्या आएको हो ।
अहिले अस्पतालमा सिटामोल, जीवनजल, आइरन चक्की, ब्रोफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिसिलीन, बुस्कोपान, कोर्टिन, भिटामिन बी कम्प्लेक्स, क्यामामिन लोसन, जिन्क ट्याब्लेट, पारासिटामोल सिरफ, आर एल क्योमक्स, अक्सिटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रोलगायत अत्यावश्यक औषधिको अभाव छ ।

थप जानकारी