राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख १३, २०८१

गर्भवती महिलालाई चेकजाँचका लागि एसएमएस निम्ता

सोमवार, २६ चैत्र २०७४ १०:४३

मातृमृत्यु र बाल मृत्युदरमा कमी ल्याउनका लागि गर्भवती महिलाको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिन थालिएको छ। बैतडीका विभिन्न स्थानीय तहका महिला स्वास्थ्य स्वयंसेविकाले मोबाइलमार्फत गर्भवती र सुत्केरी हुने महिलालाई स्वास्थ्य संस्थामा पु¥याउन सहयोग गरिरहेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयले मेडिक मोबाइलसँगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल प्रदान गरेपछि उनीहरुले एसएमएसमार्फत गर्भवतीको नाम दर्ता गराउने र उनीहरुलाई एसएमएसमार्फत नै गर्भजाँच र सुत्केरीका लागि निम्तो दिने गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले जानकारी दिनुभयो।

पाटन नगरपालिका, पुरचौडी नगरपालिका, डिलासैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकामा यो कार्यक्रम सञ्चालनमा आइसकेको छ भने अन्य स्थानीय तहमा पनि यो कार्यक्रम सञ्चालनको तयारी भएको छ।

थप जानकारी