राष्ट्र हितमा समर्पित
शुक्रवार, बैशाख ७, २०८१

नेपालको जमिन फिर्ता गरे इन्डिया विरोधी भावना स्वत: हट्ने: फणीन्द्र नेपाल

शुक्रवार, ३० चैत्र २०७४ ११:२४

मोदीले गत शुक्रबार साँझ अाफ्नो सरकारी निवास ७ लोक कल्याण मार्गमा भएको केपी शर्मा अोलीसँगको भेटवार्तामा अाफ्ना समकक्षीअोलीलाई नेपालमा भारतविरोधी भावना हटाउन सक्नुपर्ने भनेर गृहकार्य दिएको भनेर पढ्न पाइएको  थियो ।
नेपालमा भारतविरोधी भावना जनजनमा व्याप्त छ । धेरै पहिलेदेखि नै केही कम्युनिस्ट पार्टीहरू नेपालमा भारतीय व्यवहारको खुलेर विरोध गर्थे । वि. सं. २०५० को दशकदेखि ग्रेटर नेपालले पनि भारतीय विस्तारवादी चरित्रको तर्कपूर्ण विरोध गर्न थाल्यो ।
पछिल्लो घटनाक्रमलाई हेर्दा नेपालको संविधान घोषणाबाट असन्तुष्ट मोदीले नेपालविरुद्ध नाकाबन्दी लगाएपछि त्यही बेला प्रधानमन्त्री बनेका अोलीले नेपाली जनताको राष्ट्रवादी भावनाको अाडमा नाकाबन्दीका विरोधमा अडान लिएका हुँदा नेपाली जनतामा भारतविरोधी भावना भरियो । त्यही अडानका कारणबाट अोलीे अामचुनावमा अाफूलाई विजयी बनाउन सफल भए ।
भारत भ्रमणका बेला नेपाली जनताले अपेक्षा गरेजस्तो अाफ्ना समकक्षीसँग राष्ट्रियताका कुनै मुद्दा उठाउन नसकेपछि अोलीसँग असन्तुष्ट जनता स्वतः भारतविरोधी हुने नै भए ।

नेपालको वर्तमान राजनीतिक वृत्तमा एकातिर मोहन बैद्य र नेत्रविक्रम चन्द नेतृत्वका फरकफरक कम्युनिस्ट पार्टीहरू भारतीय दादागिरीको विरोधमा छन् भने मुख्य रूपमा भारतले गरेको सीमा अतिक्रमण र ब्रिटेनसँग सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धिमा गुमेर सन् १९४७ अगस्ट १५ देखि भारतको कब्जामा रहेको करिब ६०००० वर्ग कि. मि. जमिन फिर्ता हुनुपर्छ भनेर विगत दुई दशकदेखि भारतको सशक्त विरोधमा अगाडि बढिरहेको छ ।
मोदीले भनेजस्तो नेपालमा रहेको भारतविरोधी भावना हटाउने हो भने सर्वप्रथम भारतले हाम्रो जमिन फिर्ता गर्नुपर्छ । मोदीले नेपालको जमिन फिर्ता गरून् , नेपालीको मनमा रहेको भारतवीरोधी भावना स्वतः हट्नेछ । होइन भने मोदीले अोलीलाई अह्राएजस्तै हुने गरी अोलीले कुनै पनि हालतमा नेपालमा भारतविरोधी भावना हटाउन सक्नेछैनन् , बरु भारतविरोधी गतिविधि बढेर जानेछ ।

ग्रेटर नेपालको अभियन्ता फणीन्द्र नेपालको फेसबुकबाट

थप जानकारी