राष्ट्र हितमा समर्पित
बिहिवार, जेठ २५, २०८०

उदाउँदो कलाकार रजिना

बिहिवार, २० बैशाख २०७५ २२:३१

काठमाण्डौं । मोडलिङ र कलाकारितामा उदाउँदो रूपमा अघि बढी रहेको नाम हो रजिना महर्जन । उनी अहिले निकै मेहेनत गर्दै अभियान गर्दै छिन् । छोटो समयमै अभिनयमा फड्को मार्न थालेकी छन् । अभिनय क्षमता राम्रो भएकै कारण म्युजिक भिडियोमा छोटो समयमै चर्चामा आउन थालेकी छिन् ।

‘अहिले हाम्रो समाजले कमेडी र रोमान्टिक बढी खोज्ने भएकाले त्यसलाई सुहाउने रोलमा अभिनय गर्न म तयार छु,’ उनी भन्छिन्, ‘मलाई एउटा राम्रो र सफल कलाकार बन्नु छ । रजिना पनि अहिले आफ्नो लक्ष्यमा पुग्न दिनरात लागि परेकी छिन् ।

सानै उमेरदेखि नृत्यमा रुचि राख्ने रजिना अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न कोशिसरत छिन् । उनि भन्छिन, ‘अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।’ भन्दै अघि बढेकी छिन् ।

दर्शकले पनि रजिनाको अभियान क्षमतालाई मन पराउदै आएको कारण उनलाई अहिले धेरै कामको अफर आउने गरेको छ । आवश्यकता अनुसार र दर्शकको रुची अनुसार आफु अभियान गर्न तयार रहेको रजिना बताउछिन् ।

थप जानकारी