राष्ट्र हितमा समर्पित
बिहिवार, जेठ २५, २०८०

सञ्जु’ को रफ्तार, ७१ करोड भारु कमाईसक्यो

बुधवार, २७ आषाढ २०७५ १७:२४

एजेन्सी । सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’ ले यतिबेला भारतीय बक्स अफिसमा उत्कृष्ट कमाइ गरिरहेको छ । रिलिज भएको ११ दिन भइसक्दा भारतका साथै विश्वभरि फिल्मको व्यापार जारी छ ।

११ दिनमा भारतीय बक्स अफिसमा मात्रै ‘सञ्जु’ले दुई सय ७१ करोड भारु कमाइसकेको छ । दर्शकका साथै समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको ‘सञ्जु’ले रिलिजको दिन ३४ करोड ७५ लाख बटुल्दै २०१८ मा आएका बलिउड फिल्महरुमध्ये ओपनिङमा सबैभन्दा ठूलो कलेक्सन गर्ने कीर्तिमान बनाएको थियो ।

फिल्मले भारतमा मात्रै पहिलो सातामै दुई सय करोड रुपैयाँ व्यापार गर्‍यो, जबकि दोस्रो सप्ताहन्तमा ६१ करोड ७५ लाख बटुल्यो । अहिलेको व्यापार हेर्दा ‘सञ्जु’ले दोस्रो साता ९३/९४ करोडको व्यापार गर्ने अनुमान गरिएको छ ।

बलिउडका व्यापार विश्लेषकका अनुसार, बक्स अफिसमा अहिलेकै रफ्तार कायम रहे फिल्मले ३ सय करोड सजिलै कमाउनेछ । राजकुमार हिरानीको निर्देशनमा बनेको ‘सञ्जु’ को बजेट करिब एक सय करोड रहेको बताइन्छ । भारतीय बक्स अफिसका साथै विश्वभरको कमाइ जोड्दा १० दिनमा फिल्मले ४ सय ४५ करोड भारु कमाएको छ ।

थप जानकारी