निर्देशक राजकुमार हिरानीले निर्देशन गरेका ‘सञ्जु’ ले विश्वभरिमा ५०० करोडभन्दा बढीको व्यापार गरेको छ । बजार व्यवस्थापनका अनुसार चलचित्रले भारतमा साढे ३ सय करोडभन्दा धेरै कमाई गरेको छ । यस्तै सञ्जुको विश्वभरिको कमाई जोड्दा ५०० करोड नाघेको हो ।
बजार विश्लेषक तरन आदर्शले ‘आफ्नो सपनातर्फको दौड जारी राख्दै’ लेखेर सञ्जुको कमाई सार्वजनिक गरेका छन् ।
सञ्जुले पहिलो हप्ता भारतमा २ सय दुई करोड कमाएको थियो, दोस्रोमा थप ९२ करोड । त्यस्तै संयुक्त राज्य अमेरीकामा यसको कमाई ७० लाख अमेरिकी डलर कमाई गरेको थियो ।