राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

कहिले रक्सी नपिउनेलाई पटक पटक चोरीको आरोप लागेकासित जोडेर चरित्र हत्या गरिदै

शनिवार, ३० आषाढ २०७५ २२:१४

काठमाडौं, ३० असार । कुनै बेला घडी चोरको आरोप लागेका र हस्ताक्षर चोरेर जेल समेत गएका नेपाली कांग्रेसका पुर्व सांसद रामहरि खतिवडासित विवाद भएको सामान्य विषयलाई जोडेर कहिले रक्सी नपिउने एन्फाका पुर्व अध्यक्ष गणेश थापाको चरित्र हत्या गरिदैछ ।

व्यापारी विनोद चौधरीको आफन्तको पारिवारिक विवाह भोजमा थापाले खतिवडालाई धम्की दिएको झिटो समाचार सम्प्रेषण गराई कहिले मदिरा सेवन नगर्ने थापालाई मदिरा सेवन गरेर मातिएको भनी चरित्र हत्या गर्न खोजेको विवाह भोजका एक सहभागीले राष्ट्रिय समाचारलाई बताए ।

उक्त भोजमा रामहरि खतिवडा अत्याधिक मदिरा सेवन गरि खुट्टा नै टेक्न नसक्ने अवस्थामा थिए र उनले नै गणेश थापालाई अपशब्द प्रयोग गरि गालीगलौच समेत गरेको भोजका सहभागीले बताएका छन् ।

आफुलाई ईमानदार र स्वच्छ छवी भएको भ्रष्टाचार विरुद्धका अभियान्ता भन्ने खतिवडा स्वयम पनि पटक पटक चोरीको आरोपमा परिसकेका छन् ।

अघिल्लो संसदको सार्वजनिक लेखा समितिमा समेत रहेका रामहरि खतिवडालाई पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका छोराको १४ लाख पर्ने रोलेक्स घडी चोरेको आरोप लागेको थियो । प्रहरीको छानबिन पछि उनीबाट घडी फिर्ता लिईएको थियो ।

त्यस्तै खतिवडालाई २०५० मा आफ्नै मन्त्री बलबहादुर राईको हस्ताक्षर चोरेर छ जना मानिसलाई जापान पठाउन सिफारिस गरिएकोमा ३ महिना जेल हालिएको थियो ।

उनले नेपाली कांग्रेसको सरकार भएको समयमा आवास तथा भौतिक योजनामन्त्री बलबहादुर राईको स्वाकिय सचिव रहँदा नक्कली हस्ताक्षर गरेका कारण विशेष प्रहरीका प्रमुख खेमराज रेग्मीले पक्राउ गरि तीन महिना जेल हालेका हुन् ।

थप जानकारी