राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

नेइकको बेथिति विरुद्ध विद्यार्थी संगठन

शुक्रवार, ४ साउन २०७५ ११:५७

भक्तपुरको चागुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज(नेइक) मा भएको बेथिति,लापरबाही र नाताबाद बिरुद्ध विधार्थी संगठनहरुले विरोध गरेका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अखिल छैटौ, ने बि संघ, राप्रबिस( प्र), अखिल क्रान्तिकारी का इकाइ अध्यक्ष हरुको हस्ताक्षर सहितको सयुक्त प्रेस बिज्ञप्ती मार्फत विरोध गरेका हुन् ।

बिज्ञप्तीमा ” नेपाल इन्जिनियरिङ कलेज आफ्नै अस्तित्व र गरिमा बोकेको कलेज हो । तर बिगत केही समय देखि लोभ लालच र नातावादमा परेर कलेजलाई निजीकरण गर्न खोज्नु र विद्यार्थी भर्ना समेत रोकिनु ,अनसन शब्दको दुरुपयोग गरि विभिन्न ताण्डब देखाउनु राम्रो होइन, यसका बिरुद्ध हामी संयुक्त विद्यार्थी संगठन घोर भत्सर्ना गर्दै पूर्णत बिरोध जनाउद छौ ” भनिएको छ ।

थप जानकारी