राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

इक्यानको १२औँ शैक्षिक मेला भृकुटीमण्डपमा शुरु

शुक्रवार, ४ साउन २०७५ १९:०७

४ साउन, काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १२औँ शैक्षिक मेला बिहीबारदेखि भृकुटीमण्डपमा शुरु भएको छ ।

मेलाको बिहीबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरे । उनले विदेशमा नेपाली विद्यार्थीलाई पढाउन पठाए जस्तै नेपाललाई पनि विदेशी विद्यार्थीका लागिसमेत शैक्षिक गन्तव्य बनाउन सकिने बताए ।
उनले नेपालमा बौद्ध शिक्षा, हिमाल आरोहण शिक्षा, संस्कृतिलगायतका विषयमा अन्य देशका विद्यार्थी भित्र्याउन इक्यानले भूमिका खेल्नुपर्ने बताए ।

इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले ‘शिक्षा आर्जन गर्न विदेश जाँदा विद्यार्थी नठगिउन र सही परामर्श पाउन’ भन्ने उद्देश्यले मेलाको आयोजना गरिएको बताए ।
इक्यानको शैक्षिक मेला पहिलोपटक सन् २००८ मा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको थियो । मेलामा ३८८ वटा कक्ष राखिएको छ ।

अाज दाेर्सो दिन बिधार्थिहरुको उपस्थित बडेको कृस्ट यजुकेसनका संचालक कैलाश न्याौपानेले बताउनु भएको छ ा कृस्ट यजुकेसनले जापन ,अस्ट्रेलिया ,अमेरिका लगायत विभिन्न देश जान ईच्छुक बिधार्थि लाई शैक्षिक परामर्श दिदै अायको छ र भोलि शनिबार हजारौं बिधार्थिको उपस्थिति हुने अपेक्षा राखिएको छ

थप जानकारी