राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

राप्रपा निकट विद्यार्थी शिक्षकद्वारा कुटिए, कार्वाहीको माग गर्दै कलेज बन्द

सोमवार, ७ साउन २०७५ १९:४७

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन इकाई समितिका अध्यक्ष सचिन अधिकारी शिक्षकद्वारा कुटिएकोमा कलेज बन्द गर्दै कार्वाहीको माग गरिएको छ ।

राप्रपा निकट विद्यार्थी संगठन अन्तर्गत हिमालयन कलेज अफ एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी (हिकास्ट) बल्खुका इकाई अध्यक्ष अधिकारीलाई छैठौं सेमेस्टरको प्रयोगात्मक परिक्षामा राजनैतिक पुर्वाग्रही भावनाले प्रेरित भएर बद्नियतपुर्ण तरिकाले अन्य विद्यार्थी भन्दा कम अंक दिएकोमा उक्त विषयमा सम्बन्धित शिक्षकसँग बुझ्न खोज्दा शिक्षकले गुण्डागर्दीको शैलीमा आक्रमण र हातपात गरि दुव्र्यवहार गरेकाले राप्रविसं केन्द्रीय कार्यवाहक अध्यक्ष शशी भण्डारीले घोर भत्सर्ना गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।

कार्यवाहक अध्यक्ष भण्डारीद्वारा जारी विज्ञप्तिमा चौविस घण्टा भित्र दोषिलाई कडा भन्दा कडा कारबाही गर्न माग समेत गरिएको छ ।

विरोधमा विद्यार्थी संगठन कलेज बन्द गर्नुका साथै हातपात र दुरव्यवहार गर्ने विद्यार्थीलाई कलेजमा प्रतिबन्ध समेत लगाएको बताईन्छ ।

थप जानकारी