काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रदेश कार्यसमिति र विभागमा मनोनयन गरेका छन् ।
अध्यक्ष थापाले राप्रपाको बिधान बमोजिम गण्डकी तथा ७ प्रदेश र वाणिज्य क्षेत्र समन्वय तथा अपांग हित सम्बर्द्धन विभागमा मनोनयन गरेका हुन् ।
गण्डकी प्रदेशका अध्यक्ष हेमजंग गुरुङको सिफारिसमा थापाले उपाध्यक्षमा राजेन्द्रबहादुर अधिकारीलाई मनोनयन गरिएको छन् ।
त्यस्तै प्रदेश नं ७ का अध्यक्ष श्यामबहादुर शाहीको सिफारिसमा अध्यक्ष थापाले उपाध्यक्षमा रामदुलारी चौधरी, सचिवमा हिक्मतसिंह भण्डारी, प्रवक्तामा हेमबाबु लेखक, कोषाध्यक्षमा ललित जोशी, सहसचिवमा अभिलाल चौलागाईं, इन्द्रदेव भट्ट तथा सदस्यमा गजेन्द्रबहादुर चन्द, घुम्मन राना, पदमराज जोशी र पतिराम चुनारा, सविना शाह, जनक कुँवर, मानबहादुर कार्की, देवेन्द्रबहादुर मल्ल, पुष्करदत्त भट्ट, शम्शेरसिंह धामी, देवबहादुर चन्द, रामबहादुर चन्द, अम्बिका भण्डारी र चन्द्रकला सावद, राजप्रसाद जोशी, पार्वती जैरु, जयसिंह धामी तथा हरिलाल भट्टराईलाई मनोनयन गरिएको छन् ।
त्यसैगरी वाणिज्य क्षेत्र समन्वय विभागका प्रमुख लक्ष्मीप्रसाद संग्रौलाको सिफारिसमा थापाले सदस्य सचिवमा पवित्रा बुढाथोकी थापा तथा सदस्यमा दीनानाथ दाहाल, वेदप्रसाद अग्रवाल, प्रमोद जलान, संजय सिंह, भूपेन्द्रनाथ योगी, ओमबहादुर सेन्चिउरी, देवीप्रसाद पाठक, वसन्तराज पौडेल, विष्णुकुमारी गुरुङ र डा नारायणहरि गजुरेललाई मनोनयन गरिएका छन् ।
साथै थापाले अपांग हित सम्बर्द्धन विभागका प्रमुख नीना भेटवालको सिफारिशमा सदस्य सचिवमा अर्जुन उप्रेती, सदस्यमा कृष्णभक्त लागेजु, अम्बादत्त भट्ट, सुरेन्द्र श्रेष्ठ, छत्रपति थापा, देवु पराजुली, र उर्मिला अधिकारीलाई मनोनयन गरिएका छन् ।