राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

उपप्रधानमन्त्रीको दबावमा रोकियो उडान

बिहिवार, १० साउन २०७५ ११:००

सत्तासीन नेताले कतिसम्म पदीय रवाफ देखाउन सक्छन् भन्ने गतिलो बनेका छन्, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव । कान्तिपुर दैनिकका अनुसार पदकै आडमा उनले मंगलबार काठमाडौंबाट बैंकक उड्नै लागेको थाई विमान झन्डै ४५ मिनेट रोक्न बाध्य पारिदिएका थिए ।

यादवले आफू विमानस्थल पुग्न ढिलो भएपछि थाई एअरवेजका कर्मचारीलाई दबाव दिएर उडान ४५ मिनतेट पछाडि सार्न लगाएको विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले बताए ।

ती अधिकारीका अनुसार यादव मंगलबार हतार हतार कूटनीतिक राहदानी बनाएर बैंकक जाने तयारीमा थिए । विमान बिहान ११ः३० मा काठमाडौंबाट उड्ने समयतालिका थियो । तर यादवका कारण १२ः१५ मा मात्र उडड्यो ।

कान्तिपुर दैनिकबाट

थप जानकारी