फणीन्द्र नेपाल,
श्रावण १४ । भारतीय उपमहाद्विपमा करिब २०० बर्षदेखी कायम रहेको बेलायती उपनिवेश सन् १९४७ जुलाई १८ मा बेलायती संसद स्वयमले पारित गरेको “भारत स्वतन्त्रता ऐन” बाट सन् १९४७ अगस्त १४ मा पाकिस्तान र अगस्त १५ मा भारतलाई स्वराज दिएर समाप्त भयो ।
त्यति बेलै सुगौली सन्धि (१८१६ मार्च ४) मा गुमेको नेपालको करिब ६० हजार वर्ग कि.मि. जमिन स्वतन्त्र भएको भए पनि तत्कालीन राणा शासकको राजनीतिक स्वार्थका कारण नेपालमा एकीकृत हुन सकेको थिएन । यसैको क्षतिपूर्ति हुने जस्तो गरि राणा प्रधानमन्त्री मोहन शम्शेरले भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुको दबाबमा सन् १९५० जुलाई ३१ मा नेपाल-भारत शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गरे ।
यही सन्धिको धारा ८ ले सुगौली सन्धि रद्द गरेको थियो भने धारा १ ले ग्रेटर नेपाल कायम गरेको थियो ।
उक्त सन्धिको धारा १ र ८ अनुसार ग्रेटर नेपाल कायम भैसकेको हुँदा यी दुई धाराका अक्षर र भावनाको अक्षरश: पालना गरिनु पर्ने हो ।
यो क्षेत्र छाड्ने तयारीमा रहेका ब्रीटिशहरुले पटक-पटक सुगौली सन्धिमा गुमेको जमिन फिर्ता लिउ भन्दा राणाहरु कानमा तेल हालेर बसेका थिए । उनीहरु जमिन फिर्ता नलिएको आरोप खेपी रहेका थिए । “लाटो लड्छ एक बल्ड्याङ बाठो लड्छ दुई बल्ड्याङ” भने झै भारतीय पक्षले यस्तो सन्धिमा सहि गर्यो जसको धारा ८ ले ग्रेटर नेपालको मार्ग प्रशस्त गरिदियो यद्यपि धारा ८ हट्दैमा ग्रेटर नेपाल बन्ने संभावना समाप्त हुने चाही होइन ।
अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेरलाई पनि सायद यो कुरा थाहा थिएन । चिप्लिएको चाहि भारतीय कुटनितिक वृत्त हो ।
-लेखक ग्रेटर नेपाल अभियानका अभियान्ता