राष्ट्र हितमा समर्पित
बिहिवार, जेठ २५, २०८०

छक्का पञ्जाको गीत सार्वजनिक (भिडियो सहित)

मङ्गलवार, १५ साउन २०७५ १२:५५

काठमाडौं, साउन १५ गते । चलचित्र ‘छक्का पञ्जा–३’ को गीत सोमवार सार्वजनिक भएको छ । सामाजिक सञ्जाल युट्युबमार्फत सो चलचित्रमा समावेश ’पहिलो नम्बर’ मा बोलको गीत सार्वजनिक गरिएको हो ।

राजेन्द्र थापाको शब्द, दीपक शर्माले सङ्गीत, डेभिड शङ्कर र विन्दु परियारले स्वर दिनुभएको छ । कलाकार प्रियङ्का कार्की, वर्षा राउत, स्वस्तिमा खड्काले नृत्य गर्नुभएको त्यस गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गर्नुभएको छ ।

दीपाश्री निरौलाले निर्देशन गर्नुभएको चलचित्रमा दीपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, बुद्धि तामाङ, जितु नेपाल, नीर शाह, शिवहरि पौडेल, विल्सनविक्रम राई, किरण केसी लगायतले अभिनय गर्नुभएको छ । नेपालीहरूको महान पर्व दशैंमा नेपालभर सार्वजनिक गर्ने लक्ष्यसहित चलचित्र युनिटले उक्त गीत सार्वजनिक गरेको हो ।

भिडियो

थप जानकारी