राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २५, २०८०

हेटौँडा कुलेखानी–काठमाडौँ यातायात सेवा सञ्चालनमा

बुधवार, १६ साउन २०७५ १५:२५

हेटौँडा, साउन १६ गते । गत राति परेको वर्षाले
हेटौँडा कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक आएको पहिरोलाई हटाई आज बिहानदेखि हेटौँडा काठमाडौँतर्फको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी इन्द्रसरोवर गाउँपालिका–५ सुकौरा ड्याममा आएको पहिरोलाई पनि आज बिहान हटाई सिस्नेरी काठमाडौँतर्फ यातायात सेवा पनि सञ्चालनमा ल्याइएको स्थानीय प्रहरी चौकीले जनाएको छ ।

हेटौँडाबाट र काठमाडौँबाट हेटौँडातर्फ आएका सुमो, जीप, कार तथा मोटरसाइकलमा आएका यात्रु स्थानीय महालक्ष्मी खोला नजिकको सडकमा रोकिनुुपरेको थियो । अहिले यात्रुहरु आ–आफ्नो गन्तव्य स्थानतर्फ प्रस्थान गरिसकेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । (रासस)

थप जानकारी