राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २५, २०८०

इँटा उद्योगमा बालश्रम अन्त्य गर्ने घोषणा

बुधवार, १६ साउन २०७५ १७:५०

काठमाडौं । नेपालले इँटाभट्टा उद्योगमा बालश्रम अन्त्य गर्ने घोषणा गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल इँटाभट्टा उद्योग महासङ्घले संयुक्तरूपमा सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा श्रममन्त्री गोकर्णराज विष्ट र महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले देशभरका इँटा उद्योगमा बालश्रमको प्रयोग अन्त्य गर्ने घोषणा गरेका छन् ।
मन्त्री विष्टले बालश्रम सभ्यता, मानवीयता र न्यायको दृष्टिले कलङ्क भएको भन्दै अबको एक दशकमा सबै क्षेत्रको बालश्रम अन्त्य गर्न बालश्रम निवारण राष्ट्रिय गुरुयोजना बनाएर कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो। मुलुकबाट बालश्रम निवारणको सन्दर्भमा यस घोषणालाई प्रभावकारी बनाउन श्रम कार्यालयमार्फत अनुगमन गरिने पनि उहाँले जानकारी दिए।

इँटा उद्योगबाट बालश्रममुक्त घोषणा गरिनु अत्यन्त महìवपूर्ण भएको भन्दै उनले गरे, ‘यस घोषणाले बाल श्रममुक्त देश घोषणा गर्ने अभियानमा महìवपूर्ण भूमिका खेल्नेछ, यो घोषणा ज्यादै महत्वपूर्ण छ। ’

नेपाललाई बालश्रममुक्त घोषणा गर्ने प्रतिबद्धतामात्र नभई बालश्रममा रहेका बालबालिकालाई पुनःस्थापना गरी उनीहरूलाई विद्यालयसम्म पु¥याउन सरकार गम्भीर रहेको भन्दै मन्त्री विष्टले भन्नुभयो ‘‘अभिभावकसँगै कार्यस्थलमा आउने बालबालिकाको व्यवस्थापन गरी उनीहरूलाई विद्यालयको पुहँचमा पु¥याउन विशेष ध्यान दिन्छौँ। ’’
उक्त गुरुयोजना कार्यान्वयनमा आएसँगै मन्त्री विष्टले बालश्रमिक अत्यधिक रहेको क्षेत्रसँग सम्बन्धित इँटाभट्टा सञ्चालक उद्योगीलाई आउँदा दिनदेखि इँटाभट्टा बालश्रमिकरहित बनाउन निर्देशन दिनुभयो।
कार्यक्रममा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नेपालबाट सबै प्रकारका बालश्रम पूर्णरूपमा निवारण गरी मुलुकलाई बालश्रमरहित बनाउने उद्देश्यसहित बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) कार्यान्वयनमा आएको जानकारी दिए ।
उहाँले चालू आवभित्र २५ नगरपालिकालाई बालश्रममुक्त नगर घोषणा गरिने जानकारी दिँदै होटल, कलकारखाना, इँटाभट्टालगायत क्षेत्रबाट बालश्रमिकको खोजी गरी जोखिममा परेका बालबालिकालाई पुनःस्थापना गरिने बताए।

नेपाल इँटाभट्टा उद्योग महासङ्घका अनुसार नेपालभर एक हजार एक सय इँटाभट्टा उद्योग सञ्चालनमा रहेकोमा काठमाडौँ उपत्यकामा मात्रै ११० उद्योग रहेका छन्। महासङ्घका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले इँटाभट्टालाई बालश्रमरहित बनाउने प्रतिबद्धता व्यक्त गर्दै आजैदेखि मुलुकभरका इँटा उद्योगमा कुनै पनि प्रकारको बालश्रमको नरहने घोषणा गरे।

साथै उहाँले इँटा उद्योगमा बालश्रमिकको प्रयोग हुँदा उद्योगको छबी नै बिग्रने भएकाले इँटा उद्योगलाई बालश्रमरहित बनाउने अभियानमा सरकारलाई साथ दिने प्रतिबद्धता पनि व्यक्त गरे।

अध्यक्ष चित्रकारले इँटा उद्योगमा कार्यरत मजदुरसँग आश्रित बालबालिकालाई इँटा उद्योगमै दिवा स्याहार केन्द्र स्थापना गरेर आधारभूत शिक्षा प्रदान गर्न आफूहरू तयार रहेको यसका लागि आजैबाट पहल सुरु गर्ने बताए।

नेपालको संविधानको परिकल्पना र नेपालले अन्तर्राष्ट्रियस्तरमा व्यक्त गरेको प्रतिबद्धता अनुरूप नेपालबाट सबै प्रकारका बालश्रमण पूर्णरूपमा निवारण गरी मुलुकलाई बालश्रमरहित बनाउने उद्देश्यसहित सरकारले बालश्रम राष्ट्रिय गुरुयोजना (२०७५–२०८५) गएको असार २४ गते स्वीकृत गरी साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको छ। कार्यान्वयन चरणमा रहेको गुरुयोजनामा वि.सं. २०७९ सम्म निकृष्ट प्रकारका बालश्रमको अन्त्य गरिने छ भने वि.सं. २०८२ सम्म बालश्रम अन्त्य गर्ने उल्लेख छ।

अन्तर्राष्ट्रिय श्रमसङ्गठन (आईएलओ) महासन्धिको १३८ बाट परिभाषित बालश्रम तथा महाअभिसन्धि नम्बर १८२ बाट परिभाषित निकृष्ट प्रकारको तथा शोषणयुक्त बालश्रम समेत गरी हरेक स्थानका सबै प्रकृतिका बालश्रम र औपचारिक तथा अनौपचारिक क्षेत्रका ५ देखि १७ वर्ष उमेर समूहको बालश्रमलाई यस गुरुयोजनाले लक्षित गरेको छ।

थप जानकारी