राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

धरौटीमा छुटे निर्माता माधव वाग्ले

शनिवार, १९ साउन २०७५ ९:१८

काठमाडौं – काठमाडौं जिल्ला अदालतले नक्कली नोट छापेको आरोपमा पुर्पक्षका लागी थुनमा पठाएका फिल्म निर्माता माधवराज वाग्ले २५ लाख धरौटीमा छुटेका छन् ।

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेशलाई उल्टाउदै धरौटी माग गरेपश्चात वाग्ले छुटेका हुन् ।

जिल्ला अदालतको आदेशले थुनामा परेका वाग्लेले उच्च अदालत पाटनमा जिल्लाको आदेश वेरितको भएको भन्दै मुलुक ऐन अ.ब १७ बमोजिम जिल्लाको आदेश बदर गर्न निवेदन दर्ता गरेको थिए ।

उनी नक्कली नोट छापेको आरोपमा पक्राउ परेका थिए । अदालतले वाग्लेसँगै पक्राउ परेका कला निर्देशक महेन्द्र बोगटीलाई ३ लाख र कला सहयोगी सुदीप घिसिङलाई १० लाख रुपैयाँ धरौटीमा छाडेको छ ।

प्रहरी परिसर काठमाडौंले उनीहरुविरुद्ध नक्कली नोट छापेको अभियोगमा २ करोड ६३ लाख बिगो काम गर्दै खोटा चलन मुद्दा दायर गरेको थियो ।

थप जानकारी