राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

महाभारत कालमा पनि जहाज, विमान तथा परमाणु अस्त्र थिए

शनिवार, १९ साउन २०७५ १६:३६

महाभारत कालमा समुद्री जहाज, विमान र परमाणु अस्त्र एवं दिव्यास्त्र थिए भनिन्छ । के यी कुा सत्य हुन् ? महाभारत कालका विषयमा विद्वानहरूले थुप्रै पुस्तक लेखेका छन् र यो कुरालाई सिद्ध गर्ने प्रयास गरेका छन् । अब सवाल उठ्छ, के अहिलेको भन्दा पनि उत्तम प्रविधि थियो त उतिबेला ? हेरौँ,  महाभारत कालमा जहाज, विमान र परमाणु अस्त्र आदि थिए त भन्ने कुराको प्रमाण ।

परमाणु बमः मोहनजोदडोमा केही त्यस्ता कंकाल प्राप्त भएका थिए जसमा रेडिएशनको असर परेको कुरा बताइएको थियो । महाभारतमा सौप्तिक पर्वको अध्याय १३ बाट १५ सम्म ब्रहृमास्त्र प्रयोगपछिको परिणाम दिइएको छ । यो परिणाम यस्तो देखिन्छ जस्तो वर्तमान समयमा परमाणु अस्त्र छाडेपछि हुने गर्छ । हिन्दू इतिहासका जानकारहरूका अनुसार ५५६३/६४ वर्ष पहिले प्रयोग गरिएको ब्रहृमास्त्र परमाणु बम नै थियो ।

महाभारतमा यसको वर्णन यसरी गरिएको छः

तदस्त्रं प्रजज्वाल महाज्वालं तेजोमंडल संवृतम ।।

सशब्द्म्भवम व्योम ज्वालामालाकुलं भृशम ।

चचाल च मही कृत्स्ना सपर्वतवनऽुमा ।।

अर्थात् ब्रहृमास्त्र छोडेपछि भयंकर वायु चलेर जोडजोडले हिर्काउन थाल्यो । सहस्रावधि उल्का आकाशबाट खस्न थाल्यो । भूतमातरामाथि भयंकर महाभय उत्पन्न भयो । आकाशमा ठूलो शब्द भयो ।  आकाश जल्न लाग्यो, पर्वत, अरण्य, वृक्ष आदिका साथ पृथ्वी हल्लन थाल्यो ।

आधुनिक कालमा जे. रोबर्ट ओपनहाइमरले गीता र महाभारतको गहन अध्ययन गरे । उनले महाभारतमा बताइएको ब्रहृमास्त्रको संहारक क्षमतामाथि शोध गरे र आफ्नो मिशनलाई ट्रिनिटी (त्रिदेव) नाम दिए । रोबर्टको नेतृत्वमा १९३९ देखि १९४५ का बीच वैज्ञानिकहरूको एक टीमले यो कार्य गर्‍यो । १६ जुलाई १९४५ का दिन यसको पहिलो परीक्षण गरियो । शोधकार्य पश्चात् विदेशी वैज्ञानिक के मान्दछन् भने महाभारतमा परमाणु बमको प्रयोग भएको थियो ।

प्राचीन भारतमा कहीँकतै ब्रहृमास्त्र प्रयोग गरिएको कुराको वर्णन पाइन्छ । रामायणमा मेघनादसँग युद्ध गर्दा लक्ष्मणले जब ब्रहृमास्त्रको प्रयोग गर्न चाहे तब श्रीरामले उनलाई यो नीतिविरुद्ध हुने भएकाले प्रयोग गर्न हुँदैन, यसबाट लंका सबै नास हुन्छ भनेर रोकिदिएका थिए ।

एरिक भानले आफ्नो बेस्ट सेलर पुस्तक चैरियट्स अफ गड्समा लेखेका छन्, लगभग ५००० वर्ष पुरानो महाभारतको तत्कालीन कालखण्डमा कुनै योद्धा यस्तो अस्त्रका बारेमा कसरी जान्दथ्यो जसलाई चलाउनाले उक्त जमिन १२ वर्षसम्म सुख्खा रहन्थ्यो । यस्तो कुनै अस्त्र जो यति शक्तिशाली कि त्यसले आमाको गर्भमा बढिरहेको बालकलाई समेत मार्नसक्थ्यो ? यसको अर्थ के हुन्छ भने त्यस्तो कुनै ज्ञान थियो जसलाई अघि बढाइएन, लिपिबद्ध गरिएन र अन्ततः त्यो विस्मृत भयो, हराएर गयो ।

विमानः रामायणमा पुष्पक विमानको उल्लेख पाइन्छ । केही वर्षअघि वायर्ड डट कमको एक रिपोर्टमा के दावा गरिएको थियो भने प्राचीन भारतको पाँच हजार वर्ष पुरानो एक विमान अफगानिस्तानको एक गुफामा फेला परेको छ । दावा गरिएअनुसार उक्त विमान एकर् टाइम वेल’ मा फसेका कारण अहिलेसम्म सुरक्षित रहेको छ ।

टाइम वेल इलेक्ट्रोमैग्नेटिक सकवेभ्सबाट सुरक्षित त्यस्तो क्षेत्र हो जहाँ नजिक जाने चेष्टा गर्ने कुनै पनि  व्यक्ति यसको प्रभावका कारण अदृश्य हुन्छ । जब कि उक्त खबरको पुष्टि हुन भने सक्दैन ।

मान्यता अनुसार महाभारत युद्धमा कौरवहरूको मित्रता दैत्यहरूसँग थियो । दैत्यहरूले उनीहरूलाई केही विमान दिएका थिए । यसकै माध्यमबाट कौरव सेना आकाशबाट प्रहार गर्न सक्षम थियो । अर्को एक जनश्रुति अनुसार सूर्यदेवले पनि कर्णलाई एक विमान दिएका थिए ।

महाभारतकै एक कथाअनुसार अर्जुन तथा श्रीकृष्ण विमानकै माध्यमबाट इन्ऽलोक जान्थे । उक्त विमान जमीन र आकाश दुवै ठाउँमा चल्न सक्षम थियो । त्यस्तै विमान वा रथ इन्द्रसँग पनि थियो । शाल्वले पनि क्षौभ विमानमा सवार भएर श्रीकृष्णमाथि आक्रमण गरेको चर्चा पाइन्छ ।

शोधकर्ताहरूका अनुसार रामायण एवं महाभारतकालमा विमान हुन्थे जसको माध्यमबाट विशिष्टजन एक स्थानबाट अर्को स्थानसम्म सजिलै पुग्दथे । विष्णु, रावण, इन्ऽ, बालि आदि सहित अन्य थुप्रै देवीदेवता तथा मानिससँग पनि आफ्नै विमान हुने गथ्र्यो । विमानबाट यात्रा गर्ने थुप्रै कथाले हाम्रा धार्मिक ग्रन्थका पानाहरू भरिएका छन् । थुप्रै ऋषिमुनि पनि थिए जो अन्तरिक्षमा सयर गर्थे, एक लोकबाट अर्को लोकसम्म पुग्थे अनि पुनः धरतीमा र्फकन्थे ।

जहाजः महाभारत कालभन्दा पहिल्यै रामायण कालमा डुंगा तथा जहाज भएको उल्लेख पाइन्छ ।  भगवान रामले पनि एक डुंगामा बसेरै गंगा नदी पार गरेको उल्लेख पाइन्छ । उनी श्रीलंकाबाट अयोध्या र्फकंदा त झन् पुष्पक विमान चढेरै फर्केका थिए । संस्कृत तथा अन्य भाषाका थुप्रै ग्रन्थमा भारतवर्षवासी जहाज चढेरै अरब तथा अन्य देशको यात्रा गर्दथे भन्ने कुराको प्रमाण पाइन्छ ।

महाभारत तथा अन्य ग्रन्थमा उल्लेख भएअनुसार भारतको यमुना नदीमा ठूल्ठूला डुंगा चल्दथे । यस्तै डुंगामा चढेर श्रीकृष्ण र बलराम द्वारिकाबाट मथुरा आवतजावत गर्थे ।  त्यतिबेला अर्को ठूलो नदी सरस्वतीसमेत विद्यमान थियो जसलाई पार गर्न डुंगाकै सहारा लिनुपथ्र्यो भन्ने कुराको उल्लेख पाइन्छ ।

भारत तीनतिरबाट समुऽले घेरिएको छ । प्राचीन भारतीयहरूले समुऽमा यात्रा गर्नका लागि नौका अर्थात् डुंगाको निर्माण गरेका थिए । वैदिक युगका जनसाधारणको छवि नाविकहरूको पाइन्छ जो सरस्वती घाटी सभ्यताको ऐतिहासिक अवशेषहरूसँग मेल खान्छ । प्राचीन भारतमा नौवहन कला एवं र नौवहनको जन्म ६००० वर्ष पहिले सिन्धु नदीमा भएको थियो । अंग्रेजी शब्द नेवीगेशनको उद्गम संस्कृत शब्द नवगतिलाई मानिन्छ । नेवी शब्द नौबाट निक्लिएको हो । संसारकै सबैभन्दा पहिलो  नौवहन संस्कृत शब्द नवगतिबाट उत्पन्न भएको हो भने नौसेना पनि संस्कृत शब्द नोउबाट आएको हो ।

प्राचीनतम ग्रन्थ ऋग्वेदमा जहाज एवं समुऽयात्राको थुप्रै उल्लेख पाइन्छ । याज्ञवल्क्य संहिता, मार्कण्डेय तथा अन्य पुराणमा पनि अनेक ठाउँमा जहाज तथा समुऽयात्रा सम्बन्धी कथा तथा वार्ता पाइन्छ ।  मनुसंहितामा जहाजी यात्रीहरूसँग सम्बन्धित नियमहरूको वर्णन छ । यस्ता थुप्रै साक्ष्य पाइन्छन् जसबाट महाभारत कालमा जहाजको प्रयोग गरिन्थ्यो भन्न सकिन्छ ।
अनलाइनखबरबाट 

थप जानकारी