राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

शोधकर्ताको दाबीः दिनभरी काम गर्नेहरु भन्दा अल्छीहरु धेरै बाँच्छन्

शुक्रवार, ८ भाद्र २०७५ ११:२७

एजेन्सी, चार्ल्स डार्विनको ‘सर्भाइभल अफ द फिटेस्ट’ नियम विपरित वैज्ञानिकले एउटा नयाँ खोजी गरेको छ । केही समुन्द्री जीवमाथि गरिएको अनुसन्धान अनुसार जुन प्रजाती दैनिक रुपमा धेरै ऊर्जा खर्च गर्छन् उनीहरु कम ऊर्जा खर्च गर्ने आफ्ना समकक्षीको तुलनामा कम बाँच्ने तथ्य खुलेको छ । अर्थात्, दिनभरी काम गर्ने प्रजातीभन्दा अल्छी प्रजाती लामो समयसम्म बाँच्छन् ।

वैज्ञानिकले करिब दुई सय ९९ भिन्न समुन्द्री जीवलाई अनुसन्धानमा समावेश गरेका छन् । धेरै ऊर्जा खर्च गरेका कारण यी जीवको मेटाबोलिजम तेज थियो जबकी कम ऊर्जा खर्च गर्नेहरुको मेटाबोलिजम निकै कम भएको अनुसन्धानमा पाइयो ।

कन्सास युनिभर्सिटीमा बायोलोजीका प्राध्यापक ब्रुस लिबरम्यानका अनुसार मेटाबोलिजम जति स्लो हुन्छ, बाँच्ने क्षमता त्यति नै धेरै । वास्तवमा, कम ऊर्जा खर्च गर्नेहरुलाई खानामार्फत कम ऊर्जाको आवश्यकता पर्छ । यस्तोमा उनीहरु मुश्किल अवस्थामा पनि निकै सजिलै जिवित रहन सक्छन् । यसको ठिक विपरित धेरै ऊर्जा खर्च गर्नेहरुलाई मुश्किल समयमा पनि धेरै ऊर्जाको आवश्यकता पर्छ जुन पूर्ती नभएका कारण उनीहरु कमजोर हुन्छन् र चाँडै मर्छन् ।

प्रजाती लोप हुने कारण खोज्नमा मद्दतः

प्रोसिडिङ्ग्स अफ रोयल सोसाइटी बीमा छापिएको यो अनुसन्धानमार्फत संरक्षणकर्ताले अब चाँडै नै जलवायु परिवर्तनका कारण कुन प्रजाती लोप हुँदैछन् भन्नेबारे पत्ता लगाउन सक्नेछन् । संसारभरीको जलवायु लगातार परिवर्तन भइरहेका कारण थुप्रै जीवको भोजन समाप्त हुने तयारीमा छ । यस्तोमा धेरै ऊर्जा खर्च गर्ने जीव पहिले नै लोप हुने खतरामा छन् ।

वैज्ञानिकले अब जमिनमा बस्ने जनावर र मनुष्यमागि पनि यो नियम लागु हुने नहुने बारे अनुसन्धान गर्ने जानकारी दिए । यद्यपी, वैज्ञानिकले यो अनुसन्धानले अल्छी व्यक्तिहरु स्वस्थ हुन्छन् भन्ने जानकारी दिन खोजिएको होइन भनेका छन् ।

थप जानकारी