राष्ट्र हितमा समर्पित
शुक्रवार, चैत्र १६, २०८०

राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता विरुद्ध भारतीय सेना नेपालमा, कालो झण्डा देखाई विरोध गरिँदै

बुधवार, १३ भाद्र २०७५ २२:२१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागी भारतीय सेनाका डेढ सयभन्दा बढी कमाण्डो फौज नेपालमा आउनु राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता विरुद्ध भएको ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले बताएका छन् ।

राष्ट्रिय समाचारसित कुरा गर्दै नेपालले पुरै भारतको सुरक्षा गोर्खा सेनाले गरिराख्दा प्रधानमन्त्री मोदीको सुरक्षाका नाउँमा भारतीय सेना नेपालमा आउनु हास्यास्पद भएको बताएका छन् ।

नेपालले भारतीय सेना नेपाल आउनु र मोदीले अझै नाकाबन्दीको लागि नेपालीसित माफी नमागेको हुँदा भोलि भारतीय प्रधानमन्त्री मोदीको नेपाल आगमनका बेला उनीविरुद्ध कालो झण्डा देखाउने समेत बताए ।

भारती सेनाको कमाण्डो गुपचुप रुपमा काठमाडौं आएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षामा भारतबाटै अत्याधुनिक हातहतियार सहितको कमान्डो फार्स काठमाडौं आइपुगको विषयलाई समाजिक संजालदेखि सञ्चार माध्यममा व्यापक विरोध भइरहेको छ ।

बंगलादेश, म्यानमार र थाइल्याण्डबाट पनि केही कमान्डो काठमाडौं आइसकेको उच्च स्रोतको भनाइ छ । भारतबाट भने वरिष्ठ अधिकृतकै कमान्डमा फौज आएको विशेष स्रोतले जानकारी दिएको छ ।

सैनिक कमाण्डो सम्मेलन स्थल सोल्टी होटल, डिनर स्थल हायात तथा पाहुनाको आवागमन स्थल वरपर तैनाथ भएका छन् ।

सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुस्मा स्वराजलगायत भारतीय प्रतिनिधि मण्डलको टोली विशेष विमानबाट बिहीबार बिहान ८:३० बजे काठमाडौं आउने बताइएको छ ।

थप जानकारी