राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ ६, २०७९

नेपालको राष्ट्रिय अखण्डता विरोधी संविधान

बुधवार, ३ आश्विन २०७५ ८:१९

काठमाडौं । “नेपालको संविधान – २०७२” को विशेषता यसको ऐतिहासिकतामा छ । यसका केही अन्तर्वस्तुमा विदेशीको स्वार्थ प्रतिबिम्बित भए पनि यो नेपाली जनताका प्रतिनिधिहरूले बनाएको संविधान हो ।

नेपाली जनताका प्रतिनिधिले नै यो संविधान बनाउने सफलता पाएका हुँदा छिमेकी भारतले यसको विधिवत् घोषणालाई रोक्ने भरमग्दुर तर असफल प्रयास गरेको थियो । यसको घोषणापश्चात् भारतले गलत शैलीमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका भारतीय अाप्रवासीलाई उपयोग गरेर नेपालविरुद्ध ६ महिना लामो अार्थिक नाकाबन्दी गरेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनको विदेश भ्रमणका अवसरमा नेपालको संविधानले सबै पक्षलाई समेट्न नसकेको भन्दै अाफ्नो क्षुद्रता प्रदर्शन गरेका थिए । यही संविधान अन्तर्गत स्थानीय , प्रादेशिक र संघीय चुनाव सम्पन्न भइसकेपछि मोदी कति गलत थिए भनिरहनु परेन ।

भारतले नचाहँदा नचाहँदै नेपालका नेताहरूले दृढतापूर्वक अाफ्नै विवेकमा घोषणा गर्ने हैसियत राखेकाले यो संविधान धेरै हदसम्म स्वाधीनताको द्योतक बनेको छ । यही नै यसको जिउँदोपन पनि हो ।

तर यही संविधान नेपालको राष्ट्रिय भौगोलिक अखण्डताविरुद्धका गतिविधिमाथि नियन्त्रण गर्न संवैधानिक रूपमै असक्षम छ भन्ने कुरा प्रदेश नं. २ का मुख्य मन्त्री र मन्त्रीहरूले राज्यका निर्देशक सिद्धान्त विपरीत गएर केन्द्र सरकारलाई रौँबराबर पनि नगनेबाट स्पष्ट भइसकेको छ ।
ग्रेटर नेपालका अभियान्ता फणीन्द्र नेपालको फेसबुकबाट

थप जानकारी