राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

संस्कृत: सबै भाषाको मातृ भाषा र मानव जिवनको लागि उपयुक्त र वैज्ञानिक

बुधवार, ३ आश्विन २०७५ १५:०२

-हरि कौडिन्य

विश्वको प्रायजसो भाषाको जननीको रुपमा रहेको तथा बैज्ञानिक भाषाको रूपमा बैज्ञानिकहरुले स्वीकारेको संस्कृत भाषा विश्वको सबै भन्दा पुरानो, प्रथम र प्राचिन भाषा हो । देवताको भाषा समेत भनिने संस्कृत हिन्द आर्य भाषा हो जो नेपाली, हिन्दी, मराठी, सिन्धी, पंजावी, जर्मनी, रोमानी आदिको जननी पनि हो ।

बास्तविकता पत्ता नलागेपनि लिपिबद्द गरिएको फेला परेको संस्कृत सबै भन्दा पुरानो ग्रन्थको रुपमा ऋग्वेद लाई लिएको पाईन्छ । यसको व्याकरण अत्यन्त परिमार्जित तथा बैज्ञानिक रहेको छ । अनेकौ विद्वानहरुले समय समयमा धेरै व्याकरण सम्बन्धि आफनो लेखहरु प्रस्तुत गरेतापनि ऋषि पाणिनीद्वारा लिखित व्याकरण सर्वस्विकार्य तथा विस्तृत रहेको पाईन्छ । संस्कृतमा संज्ञा, सर्वनाम, विशेषण र क्रिया प्रयोग गरि विभिन्न तरिकाबाट शब्दरुप बनाईने गरिन्छ, जसले व्याकरणिय अर्थ प्रदान गर्छ । अधिकांश शब्दरुप मूलशब्दको अन्तमा प्रत्यय लगाएर बनाईने गरिन्छ । यसैगरि यो मान्न सकिन्छ की संस्कृत एक बहिर्मुखी अन्तश्लिष्टयोगात्मक भाषा हो ।

यसको सुस्पष्ट व्याकरण र वर्णमालाको वैज्ञानिकताको कारण यसको सर्वश्रेष्ठता स्वयं सिद्ध छ । सर्वाधिक महत्वपूर्ण साहित्यको धनि भाषा भएकोले यसको महत्ता निर्विवाद छ । संस्कृत केवल स्वविकसित भाषा मात्र नभई संस्कारित भाषा पनि हो, अतः यसको नाम संस्कृत हुन गएको हुन सक्छ । संस्कृतलाई संस्कारित गर्ने कुनै साधारण भाषाविद् नभएर महर्षि पाणिनी, महर्षि कात्यायन र योगशास्त्रका प्रणेता महर्षि पतंजली जस्ता महाआत्माहरु हुन् । यिनै र यस्ता महर्षिहरुको कुशलताले योग क्रियाको भाषामा समाविष्ट गरेका छन् । यही यो भाषाको रहस्य पनि हो जुन भाषा उच्चाहरण मात्र गर्दा पनि विभिन्न रोगहरुको निवारण हुन जान्छ । तसर्थ संस्कृत केवल भाषा मात्र होईन अपितु एक विचार हो, संस्कृति हो, संस्कार हो जसमा विश्वको कल्याण छ, शान्ति छ, सहयोग छ, वसुधैव कुटुम्बकम् को भावना छ ।

विश्वका सवै भाषाहरुको एक शब्दको एक या केही रुप मात्र भएको पाईन्छ जबकी संस्कृतमा प्रत्येक शब्दको २७ रुप हुन्छ । सवै भाषाहरुमा एकबचन र बहुबचन हुन्छ जबकी यसमा द्विवचन अतिरिक्त हुने हुन्छ । यसको सवैभन्दा महत्वपूर्ण विशेषता हो सन्धि । यसमा जब दुई अक्षर निकट आउछ तब त्यहाँ सन्धि हुने हुनाले स्वरुप र उच्चाहरण बदलिन जाने हुन्छ । त्यसैले यसलाई Computer तथा कृतिम बुद्धीको लागी सवैभन्दा उपयुक्त भाषा जो विश्वको सर्वाधिक पूर्ण (Perfect) एवं तर्कसम्मत भाषा भनि पश्चिमा वैज्ञानिकहरुले खुल्ला प्रशंसा र मान्यता दिएका हुनसक्ने मानिन्छ । उनिहरुले संस्कृतको अध्ययनले स्मरण शक्ति समेत बढाउन मद्दत गर्ने तथा गणित, विज्ञान एवं अन्य भाषा ग्रहण गर्न सजिलो तथा सहायक हुन्छ भनि उल्लेख गरिएको छ ।

शारिरिक रुपमा संस्कृतले अंगुलीहरु र जिभ्रो लचिलो बनाउने एकमात्र साधनको रुपमा समेत उभिएको पाईन्छ ।
संस्कृत भाषामा साहित्यको रचना हजारौ वर्षदेखी निरन्तर भएको छ । यसको कयौलाख ग्रन्थहरुको पठन पाठन र चिन्तनमा भारतवर्षका हजारौ पुस्तासम्म करोडौ सर्वोत्तम मस्तिष्क दिन रात नभनि लागेका हुन् र आज पनि अनवरत लागिरहेकै छन् । यस्तो परिश्रम संसारको कुनै देशमा यत्तीका वर्षसम्म, यक्तिका उत्तम मस्तिष्कमा विचरण गर्ने अन्य कुनै भाषा भएको थाहा छैन । दीर्घ कालखण्ड पश्चात असंख्य प्राकृतिक तथा मानविय आपदा (वैदेशिक आक्रमण) आदी झेल्दै पनि आजको मितीमा ३ करोड भन्दा पनि अधिक संस्कृत पाण्डुलिपि विद्धमान छ । यो संख्या ग्रीक र ल्याटिन भाषाका पाण्डुलिपिका सम्मिलित संख्या भन्दा पनि १०० गुणा अधिक हो । निःसंदेह यो सम्पदा छापाखानाको आविष्कार भन्दा पनि पहिला कुनै पनि संस्कृती द्वारा सृजित सवैभन्दा ठूलो सांस्कृतिक विरासत हो ।

यो भाषाबाट अन्दाजी ५-७ प्रतिशत ग्रन्थहरुमात्र धार्मिक र बाँकी दर्शनशास्त्र, तर्कशास्त्र, विज्ञान, ज्योतिष, विचार विज्ञान आदि ग्रन्थहरु लेखिएका छन् । हिन्दु मात्र नभई बुद्ध धर्म, जैन धर्म आदीका कयौ ग्रन्थहरु संस्कृतमा नै लेखिएको पाईन्छ ।
संस्कृतको अनुपम स्वरुप र गहिराई अथाह छ । English का २६ अक्षर सवै प्रयोग गरि वाक्यमा प्रयोग गर्दा The quick brown fox jumps over the lazy dog हुन आउछ । यसमा अक्षरहरु क्रमबद्ध रुपमा आएको छैन र आउन पनि सक्ने देखिदैन । तर संस्कृतमा भने क्रमबद्ध रुपमा आउने देखिन्छ जो निम्नानुसारको रहेको छः
कः खगौघाङचिच्छौजा झाञ्ज्ञोऽटौठीडडण्ढणः ।
तथोदधिन् पफर्बाभीर्मयोऽरिल्वाशिषां सहः ।।
अर्थः को हो त्यो, पक्षीहरुको प्रेमी, शुद्ध, बुद्धिमानी, अरुको बल सामथ्र्य चोर्न माहिर, दुष्ट बिनाशको विशेषज्ञ, दृढ, निर्दोष, निडर, त्यो जसले समुन्द्र भर्यो ? उहा त मायाको अधिपती हुनुहुन्छ, आशिषहरुको भण्डार जुन आशिष्टहरुको संहार गर्न सक्तछ ।

त्यस्तै केवल एकमात्र अक्षर प्रयोग बाट समेत बाक्य बनाउन सकिने एकमात्र भाषा संस्कृत हो भन्दा अत्युक्ति नहोलाः
यायायायायायायायायायायायायायायायाः ।
यायायायायायायायायायायायायायायाया ।।
३२ वर्णको यो श्लोक व्यञ्जन, स्वर आदि निम्नानुसार रहन्छः
यायाया, आय, आयाय, अयाय, अयाय, अयाय, अयाय, अयाया, यायाय,
आयायाय, आयाया, या, या, या, या, या, या, या, या ।
अर्थः पादुका जो भगवानलाई सराहना गर्दछ, जो राम्रो र शुभ सवै प्राप्त गर्नमा मद्दत गर्दछ, जो ज्ञान दिन्छ, जो भगवत प्राप्त गर्ने ईच्छाको पनि ईच्छा हो, जो शत्रु रहित छ, जसले भगवान प्राप्त गरेको छ, जुन भ्रमणको निमित्त प्रयोगमा आउछ, जसबाट संसारका सवै ठाँउहरुमा पुग्न सकिन्छ, यि पादुका भगवान विष्णुका निमित्त हो ।
न नोननुन्नो नुन्नोनो नाना नानानना ननुः ।
नुन्नोऽनुन्नो ननुन्नेनो नानेना नुन्ननुन्ननुत् ।।
अर्थः त्यो मानव हैन जो आफुभन्दा सानो बाट घायल हुन्छ । त्यसैगरी, त्यो मानव कहलाउन योग्य छैन जसले आफुभन्दा सानोलाई घायल गर्दछ । मालिक चोट रहित भएको अवस्थामा चोटलाई चोट मान्न सकिदैन । र त्यो मानिस हैन जसले चोटयुक्त मानिसलाई चोट पुर्याउदछ ।
दाददो दुद्ददुद्दादी दाददो दूददीददोः ।
दुद्दादं दददे दुद्दे दादाददददोऽददः ।।
अर्थः श्री कृष्ण, सवै वरदानका दायक, दुष्टहरुको काल, जसले शुद्ध पार्न सक्दछ, जसका अस्त्रहरु संहार गर्न सामथ्र्य छन् तिनलाई जसले अरुलाई पिडा दिन्छन्, कष्ट दिने प्रहार जो दुष्टको निमित्त बाँण समान हुन्छ ।

केवल दुई अक्षरमात्र प्रयोग गरि बाक्य बनेको प्रशस्त उदाहरण संस्कृतमा पाईन्छ । जस्तैः
भूरिभिर्भारिभिर्भीरैर्भूभारैरभिरेएभिरे ।
भेरीरेभिभिरभ्राभैरभीरुभिरिभैरिभाः ।।
अर्थः अनगिन्ती भारी भयानक निडर महाकाय र भेरीको समान गर्जन गर्ने घना बादल जस्ता हात्तीहरु संग उस्तै बलवान हात्तीहरु लडुन् ।
एउटै बाक्यलाई उच्चाहरणबाट पर्न जाने अर्थको पनि उदाहरण हेरौ “तमाखुपत्रं राजेन्द्र भजमाज्ञानदायकम्” यसलाई दुई प्रकारले अर्थ लगाउन सकिने हुन्छ:
तमाखु-पत्रं राजेन्द्र भज मा अज्ञान-दायकम्
अर्थः हे ईन्द्र समान राजन, तमाखु पत्र (सुर्ती) सेवन नगर्नुहोस जसले अज्ञान तिर लान्छ ।
तम् आखु-पत्रं राजेन्द्र भज मा ज्ञान-दायकम्
अर्थः हे ईन्द्र समान भएका राजन, उनै गणेश भगवानको पूजा गर्नुहोस् जसका वाहन मुसा छन् र माता सरस्वती जो ज्ञानका भण्डार हुन् ।

एकै बाक्यलाई पूर्णरुपमा उल्टो पढ्दा पनि हुने वाक्यहरु संस्कृतमा मात्र उपलब्ध होला । जस्तैः
तं भूसुता मुक्तिमुदारहासं वन्दे यतोभब्यभवं दयाश्रीः …. यो श्रीरामको स्तुती
श्री यादवं भव्यभतोयदेवं संहारदामुक्ति मुतासुभूतं …….. यो श्रीकृष्णको स्तुती
सारांशमा भन्नुपर्दा हामी नेपालीहरुले जुन चिजलाई अंगिकार गर्नुपर्नेहो, समाउनु पर्नेहो त्यसलाई अंगिकार नगरि, नसमाती आधुनिक बनेको ठानेर आधुनिकताको नाममा कुतत्व समातेर, अंगालेर अरुको बाटोमा हिडेर आफैलाई धोका दिदै कतै बसेका त छैनौ …. एक प्रश्न !

थप जानकारी