राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

कर्णालीमा रैथाने बालीको सम्भावना

बुधवार, ३ आश्विन २०७५ १९:०९

जनक पडेरा

मानव विकास सुचकंकमा पुछरमा नेपालकै अति बिकट जिल्लाका रुपमा परिचित वा परिचय नै पाएको कर्णाली पाँच जिल्ला मध्य हुम्ला जिल्ला एक अत्यन्तै दुर्गम हिमाली जिल्ला हो। नेपालको अन्य जिल्लाको तुलनामा यस जिल्ला कृषि उत्पादनका हिसाबले अत्यन्तै कम उत्पादन हुने गर्छ । यस क्षेत्र खेतीयोग्य नभई चट्याङले भरिएको पाइन्छ।

बिगत १५ बर्ष पहिले मेरो बाल्यकाल अवस्थामा जहाँँ सम्म मलाई सम्झना छ ठुल ठुला चाडपर्वमा मात्रै खाध् चामलको भात खाने गर्थेम । विगतमा जिल्लाको खाध् एबं पोषण सुरक्षाको मुख्य अाधारका रुपम कोदो,फापर,चिनो,कागुनो अादि थिए। अाज स्थानीयवासीको खानेबानीमा परिवतन अाई भातमुखी भएको पाईन्छ ।

अाज रैथाने बालि लगाउने र उपयोग गर्ने कर्म निकै कम भएको पाइन्छ । खाध चामलको तुलनमा चिनो ,कागुनोमा सबै खाले पोषण तत्व पाइन्छ जस्का कारण अाज तिनै रैथाने खाध् को शहरि क्षेत्रमा दिन दिनै आकर्शण बढदै गएको पाइन्छ । हिजोका दिन गरिब जनताले चिनो,कागुनो अाफ्नो अाहाराको रुपमा लिने गर्थे भने अाज शहरि क्षेत्रको धनि मानि मान्छे खोजि खोजि खाने गरेको पाईन्छ ।

अाज शहरी क्षेत्र खानाका रुपम मात्रै नभई अौसधीका रुपमा लिने गरेको पाईन्छ । अाज शहरी क्षेत्रमा दिन दिनै मधुमेह अथवा सुगर रोगिहरुको संङख्या बढदै गएको पाइन्छ तेसैले चिनो ,कागुनोले यस रोगको नियन्त्रणमा महत्त्वपुण योगदान गर्छ । किन कि यसम एन्टि अक्सिडेन्टको मात्रा बढि पाइन्छ ।

राज्यले रैथाने बालिको संरक्षणका निम्ति कृर्षकहरुला तालिम र प्रोत्साहन दिनु पर्छ।
समयमै राज्यले रैथाने बालिको संरक्षण र प्रबर्दनको अभियान थालनी गर्न जरुरत छ यदि राज्य सडक पुराउने नाममा बिभिन्न यनजिवो अाईनजिवो परिचालन गरेर खाध चामल दिएर सडक काटन लगाउने नै हो भने जनतालाई भातमुखि बनाएर रैनाथे बालिको संरक्षण गर्न लागेन भने रैथाने बालिको लोप हदै जाने छ र सिटामल पनि खान नपाउने हुम्लि जनता मधुमेह र सुगर रोगिको सिकार नबन्लान भन्न सकिदैन बेलैमा होसियार बनौ । एनजीओ अाइएनजिअो बहिस्कार गरौ ।

थप जानकारी