राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर १९, २०७९

‘नालापानी’को  युद्ध कथामा आधारित ‘नालापानी’ प्रोमो रिलिज(भिडियो सहित)

बिहिवार, ११ आश्विन २०७५ १६:११

काठमाडौं । नेपालीहरुको विरताको इतिहास ‘नालापानी’को युद्धको कथामा चलचित्र ‘नालापानी’ निर्माण भएको छ । चलचित्रको आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रोमो सार्वजनिक गरिएको हो । चलचित्रको निर्देशन रिमेश अधिकारी र निर्माता मनोज शाक्य हुन् ।

चलचित्रले नालापानीमा नेपाल र अंग्रेज़बीच भएको युद्धमा नेपाली सेनाले देखाएको विरतालाई देखाईएको छ ।

नालापानी चलचित्रमा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान, मनोज शाक्य लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

थप जानकारी