राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

खान वा वलीको नाममा पशु हत्या:पुष्पराज पुरुष

शुक्रवार, १२ आश्विन २०७५ २२:३५

काठमाडौं । दशैँ आयो खाउला पिउला भन्ने उखान त तपाइँ हामीले सुनेकै छौ । वर्ष दिनमा एक पटक आउने नेपालीहरुको महान चाड दशैँ लाई हर्षोल्लास तरिकाले मनाउनु पर्छ भन्ने सोच आम जनमानसमा छ।

दशैंको बहाना पारि घरबाट टाढा टाढा रहेका दाजु भाई, दिदि बहिनीहरु दशैँ मनाउनका लागी आफ्नो घर तथा आफन्तिजनहरुकोमा जान्छन् ।राम्रो,नँया लगाउछन र मिठो खान्छन्। आफ्नो खुशीको लागी आफ्नो मिठोको लागी खशी, बोका, कुखुरा, राँगा, भैशी लगायतका निर्दोष पशुहरुको हत्या गर्छन्।

मासुको विभिन्न परिकारहरु बनाएर खान्छन् र त्यसैलाई रमाईलो भन्ने ठान्दछन्। यसो गर्दैगर्दा हिन्दु अधिराज्य हाम्रो देश नेपाल, यस भित्र रहेका हामी नेपालीहरु पश्चिमेली शैली र संस्कारको सिको गर्दै हामीले हाम्रो संस्कृति, संस्कार लाई बिर्सदै गहिरहेका छौ।

कसैको हत्या गर्नु, काट मार गर्नु पाप हो। तर किन हामी विभिन्न चाडवाडको नाममा कसैको हत्या तथा काटमार गरेर रमाउछौ? फरक यत्ति हो कि मानिस एक सामिजिक बौद्धिक प्राणि हो, जसरि मानिस मानिस बीचमा काटमार पर्दा वा दुख पर्दा मानिसमा जुन छट्पट हुन्छ मान्छेमा पिडा महसुस हुन्छ त्यसरिनै पशु पंक्षीमा पनि तेस्तै पिडा हुन्छ भन्ने कुरा हामी किन महशुस गर्न सक्दैनौ ?

संसारको सर्बोत्कृस्ट प्राणि हामी मानिसनै आज आफ्नो खुशी भन्दै पशुको हत्या गर्ने काम गर्छौ अरु लाई दुख दिने काम गर्छौ, हामीमा अलिकति पनि चेतना छैन कि हामीले गलत काम गरिराखेका छौ । आज हाम्रा सन्तानले हाम्रै संस्कार संस्कृति भुलिसकेका छन् , आफ्नो भेष भाशा भुल्दै गएका छन्।  यसो गर्दै गर्दा कतै हामी नेपाली हौ हाम्रो देश नेपाल हो भन्ने कुरा त हामी बिर्सदैनौ?

हामीले हाम्रो धर्म भुल्नु हुदैन, पशु वलीक प्रथाको अन्त्य गरौ भन्ने महान र यथार्थ बिचार राख्दै नेपाल सनातन धर्म संस्कृति संगठनका प्रमुख, संगत संस्कृतिका संयोजक, राष्ट्रिय धर्म सभाका महासचिव, सनातन हिन्दु मोर्चाको प्रवक्ता पुष्प राज पुरुषले यस्तो भन्नु भएको छ ।

केहि दिन यता मलाई सामाजिक संजाल र फेसबुक ईनवक्समा वली पुजा धार्मिक हो कि हैन ? तपाईको यसमा के विचार छ ? धर्मको यो विकृतिको बारे किन बोल्नु हुन्न भनेर धेरै प्रश्नहरु आएका छन् । यसै पनि साधकको जिवन बिताउने र धर्म भित्रका विकृति हटाऊने राम्रो संस्कार र संस्कृतिको रक्षा गर्ने मेरो मुल उदेश्य भएकोले यसको जवाफ लेख्नु उचित ठानेर छोटकरीमा जानेको कुराहरु लेख्दै छु ।

हुनत म पनि २०६१ साल सम्म मांसहारी नै थिए । हाम्रो परिवार र समाज रामेछापको सैपु गा.वि.सको हो, जहाँको सामाजिक संस्कार कुल पुजा गर्ने दशैंमा खसी–बोका काट्ने, चाड–पर्वमा मासु भात खान पाउनु प्रतिष्ठाको विषय नै मानिथ्यो । त्यसकै निरन्तरतामा काठमाण्डांै आए, सफल मान्छे हुने चहानामा कामहरु थाले, चित्त बुझेन भौतिक रुपमा सफल हँुदै जाँदा झन भौतिक कुराबाट मन मरेर जाने र अझ नयाँ कुराको खोज गर्ने सोच बढ्दै गयो र सामाजिक अभियान चलाउने अभिप्रायले योग ध्यान गर्ने प्रयास गर्दा हंसदा योग आश्रम जनागाल बनेपामा विं.सं २०६३ सालमा अचानक ध्यानको झल्को अनुभुति गर्ने मौका मिल्यो र अझ यो संसार विचित्र रहेछ, अझ खोज गरौ भन्ने सोचले विं.सं २०६४ साल देखि नै मैले सबै भौतिक सम्बन्ध र सुखलाई त्याग गरि आश्रमको जिवन सुरु गरे । हुन त म पहिलेदेखि नै साधनाको लागि तयार रहेछु भन्ने मलाई महसुस भएको छ । आजको दिनमा मैले नुन नखाएको ५ वर्ष र चिनी नखाएको ३ वर्ष हुँदैछ तर विं.सं २०६४ सालमा आश्रम बस्न सुरु गरे पनि माछा मासु विं.सं २०६१ सालदेखि नै छोडिसकेको थिए । यसरी समयले मान्छेलाई हिडाउनु पर्ने बाटोमा विस्तारै हिनाएर नै छोड्छ भन्ने कुरामा म विश्वास पनि राख्द छु । आज कतै कतै त म हर्बोको दुर्घटना पनि, यही हर्बो को रमझममा अल्मलिएर मेरो साधना सफल हुंदैन र धर्म राजनितिमा जाँदैन भनेर नियतिले नै मलाई दुर्घटनामा पारी नेपालको वास्तविक चित्र मेरो अगाडि छर्लंग देखाईरहेको जस्तो लाग्छ । नत्र सुखले पैसा कमाएर आश्रम चलाएर आदर्श छांट्ने भिडमा म पनि पर्ने थिए होला । हर्बोको दुर्घटनाले प्रहरी, प्रशासन, सञ्चार माध्यम, सरकार , कानुनी समस्या र मल्टिनेशनल कम्पनीहरुको दबदबाको बारेमा मलाई शिक्षित र दिक्षित बनायो, अन्यथा म अज्ञानता मै आदर्श देखाएर सोख र भोगले यो धर्ति छोड्ने थिए होला । जे होस धार्मिक क्षेत्रको मेरो यात्रा नितन्तरता दिँदै सत्य र तथ्यको खोज मेरो कर्म बनेको छ र त्यही सत्यमा योग गरेर योगीको मरण मेरो जिवन हो भन्ने कुरामा अरुलाई विश्वस्त पार्न नसके पनि म आँफैमा चै विश्वस्त छु र धर्म भित्रका मर्म बुझ्न साधना, अध्यान र खोज गरि रहेको छु ।

निश्चय पनि धर्म शास्त्र भित्र विभिन्न ग्रन्थमा विभिन्न तरिकाले वलिको प्रथा र विधिको बारे उल्लेख छ र वलि प्रथा शास्त्रीय हो भन्ने प्रमाणहरु रहेछन र छन पनि । तसर्थ वली प्रथा अशास्त्रीय हो भनेर कुर्लनेहरुले सबै किताब पढेका रहेनछन भन्ने कुरामा म विस्वस्त छु । त्यसो भए के त अहिले चलेको पशु पन्छी हत्या वा विभिन्न मन्दिरमा हुने भगवान वा मान्छेको चाहाना पुरा गर्ने नाममा भएको वलीहरु ठिक हुन त ? यसै प्रश्नको उत्तरमा वर्तमान समाज अल्मलिएको छ । वली प्रथा अशास्त्रीय हैन र छैन तर वली प्रथा योग्य व्यक्तिबाट उक्त प्राणीको आत्मा मुक्ति गर्न सक्ने स्थितीमा राजीखुसीले हुने सिद्द साधकहरुको युगको प्रथा हो । हामी जस्तो बेहोस जन्म र मरणको रहस्य नबुज्ने आफ्नो मन वा ईन्द्रियको प्यास मेटाऊन निर्दोश प्राणीलाई मारेर विभिन्न परिकार बनाएर क्षणिक भोगको लागि खाने अशुरी प्रवृत्तिको लागि वली प्रथा हैन र छैन ।

आफ्नो निजि ईच्छा पुर्तिको लागि अन्य कुनै पनि कुराको अनैतिक प्रयोगलाई धर्मले निषेध नै गर्छ । जुन प्राणीको आत्मा तपाईले मुक्त गर्न सक्नु हुन्न त्यो प्राणीको वली वली नभएर हत्या हो । हत्याको जगन्य पाप लाग्छ जस्को कारण आज यो विश्व दुनिया स्रोत साधन, विश्व विद्यालय, सरकार र संसार बनाएर पनि दुखी छ ।

जसरी भगवान नै साक्षातकार भएर तपाईको छोरा छोरी मलाई देऊ भन्दा तपाई नरवलीको रुपमा छोरा छोरी दिन तयार हुनु हुन्छ त्यस्तै भगवान को सृष्टी भगवानमै मिल्ने भएकोले बोका बाख्रा रांगा कुखुरा वा अन्य जीव वली तयार हुन्थे । तर अहिले कुनै जंगली जनावर बाघलाई खान तपाई आफ्नो छोरा छोरी दिनु हुदैन त्यस्तै अहिलेका पशु पन्छी र प्राणीहरुलाई हामी जंगली जनावर बाघ जस्तै बनेका छौं । तसर्थ कुनै पनि पशु पंछी र प्राणी हामीले काटेको मारेको र वलि दिएकोमा सहमत छैनन र सबै जनावर र पन्छीले हामीलाई मुख्य राक्षस शत्रुको रुपमा हेरेका र बुझेका छन ।

साधना नगरेको, भगवत सत्ता थाहा नपाएको, सृष्टीको रहस्य नबुझेका मान्छेले जबरजस्ती परम्परा धान्ने नाममा पशु हिंसा गर्नु पाप हो जगन्य अपराध हो ति व्यक्ति पुनः नर्कमा नै जाने कुरामा विश्वस्त हुन अनुरोध छ । जसरी मुटुको अप्रेसन हुन्छ र गर्छन तर हुन्छ भनेर छालाको डाक्टरले गर्न सक्दैन त्यसै गरि वली प्रथा धर्म शास्त्रमा छ भनेर हामी अयोग्य पात्रले गर्न हुँदैन र वलीको विधि हामीद्वारा पूर्ण हुदैन पनि । किन कि वली पुजा दिन सक्ने र वली बुज्ने साधना चरित्र र ज्ञान हामीमा छदै छैन् । हचुवाको भरमा वेहोसीमा गरेको कर्मले हामीलाई नर्कको बास गराऊने र दिन दिनै हाम्रो समाज भ्रष्ट हुने निश्चित छ । बाँकी बिषय हजुरहरुमै छोड्दै विदा लिन्छु। जयसंगत

थप जानकारी