राष्ट्र हितमा समर्पित
बिहिवार, जेठ २५, २०८०

हिन्दुहरूले क्रिश्चियन धर्मको प्रतिक टाई किन लगाउछ्न?

सोमवार, १५ आश्विन २०७५ १७:२६

गिरीराज पुरुष । विश्वमा लगाउने गरीएका हरेक पोशाक वा कपडाहरू कुनै न कुनै कारण संग सम्बन्धित भएर नै बनेका छन। विशेष गरी मौसम,धार्मिक आस्था र खास उद्धेश्य( खेलकुद,युद्ध) का आधारमा पोशाकहरू बनेको पाईन्छ। आज विश्वका अधिंकास मानिसहरूको प्रयोगमा आएको टाई किन र केका लागि बन्यो भन्ने कुराको जानकारी धेरैलाई नहुन सक्छ।

इतिहास हेर्दा टाईको प्रयोग आज भन्दा २००० वर्ष अगाडि देखि सुरू भएको पाईन्छ। पछि १७ औँ शताव्दिमा फ्रान्सका एक जना राजाले आफ्नो पोशाकको माथि घाँटिमा लगाएको सानो कपडाको टुक्राले उनलाई राम्रो देखिएको चर्चा भए पछि उनले त्यसलाई” La Cravate” नाम दिए जुन फ्रान्सको ३० वर्षे युद्ध पश्चात फेसनको रूपमा प्रयोगमा आयो। तर टाईको इतिहास र उत्पतिको प्रोजनलाई त्यो इतिहासले न्याय दिन सक्दैन।

करिव २००० वर्ष अगाडि जव यहुदी शासकहरूले क्रिस्चियन सम्प्रायका संस्थापक जिसस क्राईस्टलाई क्रुसमा झुण्ड्यार मारे त्यहि बेला देखि उनका अनुयायीहरूले उनको सम्झनामा क्रुस आकारकै टाई लगाउन सुरू गरेका थिए। दोस्रो शताव्दि तिर क्रिस्चियन धर्मका प्रचारक ह््याजर्ड ईशाले जिसलाई झुण्ड्याएको नभएर क्रुसमा टांगिएको ले उनको सम्झनाको लागि टाईलाई क्रुसको प्रतिक मानि हरेक क्रिश्चिएनहरूले घाँटिमा टाँग्न सुरू गरेको प्रवचनमा बताएका थिए।

टाई क्रिश्चियनहरूको धार्मिक आस्था संग जोडिएको मात्रै नभएर एक अर्कालाई आफ्नो धर्मको मानिस हो भनेर चिन्ने माध्यमका रूपमा पनि लिने गरिन्छ। विभिन्न किसिमका धार्मिक कार्यक्रम, विवाह,जन्मदिनको भोज तथा समारोहमा उपस्थित हुँदा अनिवार्य रूपमा क्रिश्चियनहरूले टाई लगाउने गरेको पाईन्छ।त्यति मात्रै नभएर चर्चमा गएर प्रार्थना गर्दा पनि प्रायले टाई कोर्ट पाईन्टमै जान गरेका छन। टाई लगाएर कार्यक्रम,विवाह वा प्रार्थना स्थलमा जाँदा परमेश्वरको अनुशासित र ईमान्दार भक्त भईन्छ भन्ने मान्यताका कारण उनिहरू टाई लगाउने गर्दछन।

यसरी क्रिश्चियनहरूले आफ्नो धर्मको प्रचार गर्ने क्रममा टाईलाई विश्वव्यापी बनाउन धार्मिक कारणले असहज हुने भएकोले मानिसहरूलाई दिगभ्रमित पार्दै चिसोबाट बच्नको लागि टाईको प्रयोग हुने र टाई लगाउनेहरू अनुशासित हुन्छन भनेर गलत प्रचार गरेको पाईन्छ। यसरी गलत प्रचार गरी टाईलाई उनिहरूले विश्वव्यापीकरण गरिरहेका छन।

आज क्रिश्चियन धर्मको आस्था संग जोडिएको टाई विश्वव्यापी भएको देखिन्छ। संसारका प्राय देशहरूमा टाईको प्रयोग बढ्दो छ। यसरी क्रिश्चियन धर्मको प्रतिकको रूपमा रहेको टाई अन्य धर्मका मानिसहरूले लगाई रहँदा एउटा प्रश्न उठ्न सक्छ के तपाईको धार्मिक पोशाक कुनै क्रिश्चियनले लगाएको देख्नु भएको छ ? अवश्य पनि विश्वको कुनै पनि क्रिश्चियन धर्मको मानिसले अन्य धर्मको धार्मिक पोशाक लगाएको देँखिदैन तर टाई सबै धर्मका मानिसहरूले प्रयोग गरेको देखिन्छ।

आज सम्म संसारको कुनै क्रिश्चियनले मुस्लिमहरूको टोपि लगाएको र हिन्दुहरूको रामनामी ओढेको देखिदैन तर संसारका धेरै मुस्लिम,बौद्धिष्ट र हिन्दुहरूले क्रिश्चियन धर्मको प्रतिक टाई लगाउने गरेका छन।

यसरी तपाईको धार्मिक पोशाक वा धार्मिक आस्था संग जोडिएका पहिरनहरू पश्चिमा क्रिश्चियनहरूले अस्विकार गरिरहँदा तपाईले किन उनिहरूको धार्मिक पोशाक स्विकार्नु भएको छ ?

थप जानकारी