राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

सरकारलाई हिन्दुराष्ट्र र राजसंस्थाको पुनर्वहालीतर्फ सोच्ने शक्ति मिलोस्:सांसद रिता माझी

सोमवार, २२ आश्विन २०७५ १८:२३

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी का ३ नं. प्रदेशका सांसद रिता माझीले नेपालीहरुको महान चाड बडादशैंको सुरुआतको दिन ‘घटस्थापना’ जस्तो ऐतिहासिक पर्वको विदा कटौति गरेकोमा संघीय सरकारको भत्र्सना गर्दै सो दिनलाई राष्ट्रिय विदा दिन जोडदार माग गर्नुभएको छ ।

आज प्रदेश संसदमा बोल्दै माझीले दशैंको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर सरकारले सर्वसाधारणको ढाड सेक्ने काम गरेको भन्दै महत्वपूर्ण चाडबाडको मुखमा गरिएको उक्त मूल्यवृद्धि तत्काल घटाउन माग गर्नुभएको छ ।

गत असोज ३ गते संविधान दिवस मनाइरहँदा २ नं. प्रदेशमा ‘मधेस एशियाकै नयाँ देश बन्दैछ’ भनेर खुलेयाम चर्चा हुँदा पनि संघीय र प्रदेश सरकार मुकदर्शक भएर मौन बसेको प्रति सरकारको आलोचना गर्नुभयो ।

संसदमा विजया दशमी, शुभ दिपावली, नेपाल संवत तथा छठको उपलक्ष्यमा शुभकामना दिनुहुँदैं सांसद माझीले मुलुकमा हिन्दुराष्ट्र र राजसंस्था पुनर्वहाली गर्नेतर्फ संघीय सरकार र प्रदेश सरकारको ध्यान केन्द्रीत होस भन्ने कामना समेत गर्नुभयो ।

थप जानकारी