राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

यो देश कहाँबाट चलेको छ ?

शुक्रवार, १६ कार्तिक २०७५ १२:४९

सूर्यको स्थान अाकाशमा ठिक छ तर त्यही सूर्य जमिनमा झर्‍यो भने सूर्यलाई त केही हुँदैन तर जमिन जलेर खरानी हुन्छ ।

तत्कालीन राजा ज्ञानेन्द्र श्री ५ का रूपमा नै ठीक थिए , जब उनी मन्त्रिपरिषद्को अध्यक्ष बने त्यो नै उनको ठूलो गल्ती थियो ।

यदि राजा ज्ञानेन्द्र संवैधानिक राजाका रूपमा नै बसिरहेका भए गल्ती नै गर्न नपाउने राजा हटाउने दुस्साहस कसैले गर्ने संभावना थिएन । तर तत्कालीन श्री ५ ज्ञानेन्द्र निरङ्कुश बन्न खोज्दा यो परिस्थिति उत्पन्न भएको हो । अाज नेपालको जुन भयावह तस्बिर हाम्रो सामुन्ने छ, त्यसको कारण म होइन भन्न पूर्व राजाले पाउने अवस्था छैन ।

तत्कालीन राजा मन्त्रिपरिषद्को अध्यक्ष भएको परिणाममा उनले फोसामा पाएको `श्री ५ महाराजाधिराज´ भन्ने पद मात्र गयो ,अरू उनलाई केही भएन । तर हेर्नुस् त देश । देश त खरानी हुन लागेको छ । नारायण हिटी राजदरबारको शक्ति राष्ट्रपतिमा प्रतिष्ठापित हुन नदिएर खैराँते लैनचौरमा पुर्याइएको छ । लैनचौरबाट देश चलाउनका लागि गणतन्त्र नेपाल बनाइएको हो ? नयाँ `राजा´हरू के भन्नुहुन्छ ?

नेपाली जनतालाई राजा चाहिएको हुन सक्छ तर म चाहिँ नारायण हिटी राजदरबारको शक्ति शीतल निवासले प्रयोग गरेको हेर्न चाहन्छु । निरीह होइन शक्तिशाली शीतल निवास देख्न चाहन्छु । फणीन्द्र नेपालको फेसबुक

थप जानकारी