–रोजिभ के.सी । आजकल बिश्वभर प्रायजसो क्याफे, रेस्टुरेन्ट,होटेलहरुमा जमघट हुँदा हुक्काको प्रयोग हुने गर्दछ । आज यो सबैमा आर्कषणको वस्तु बनेको छ । धूम्रपान गर्नेदेखि नगर्नेसम्म युवादेखी बुढासम्मले यसलाई मनोरञ्जनका समयमा सेवन गर्ने गर्दछन ।
अचेल स्कुले बालबालिकादेखि बुढापाकासम्म यसको लतमा परेको देखिन्छ। घरपरिवारसंग होस् वा साथिभाइसंगको माहोलमा यो आवस्यक हुँदै गएको छ । चुरोट र सिगारलाई असहज रूपमा लिएता पनि हुक्कालाई भने अहिले सहज रूपमा लिईन्छ । यो विभिन्न फ्लेबरमा पाईने र धूम्रपान गर्न जस्तो गाह्रो नपर्ने भएकाले धेरै यसलाई स्वीकारेका छन् ।
परापुर्व कालमा धनी र जमिन्दारले मात्र हुक्कालाई प्रयोग गर्दथे । यसलाई प्रतिष्ठाको रूपमा समेत लिईन्थ्यो । १५ अाै शताब्दीतिर भारत बेलायती सरकारको अधिनमा रहदा ईष्ट ईन्डिया कम्पनीले सिशाको निर्यात गर्यो तब यसको प्रयोग दक्षिण एसिया सुरु भएको मानिन्छ । त्यसै बेलादेखी नै यसलाई “शिशा”भनेर पनि चिनिन्थ्यो ।
अरेबियन राष्ट्रहरुमा पनि आनन्द र समय बिताउनका निमित्त यसको प्रयोग गरिन्छ।
विभिन्न स्वादमा पाइने फ्लओरका कारण पनि यो लोकप्रिय भएको हो । चार्कोल र फ्लओरको प्रयोग हुने हुक्का सबैको पहुँचमा पर्दछ।
मानिसले यसलाई सहज रुपमा लिए पनि यसले विभिन्न रोग निम्त्यौदछ। हुक्काको कारण एक व्यक्तिबाट अन्यलाई टि.बि, हेपाटाइटिस,एन्फ्लुन्जा जस्ता सरुवा रोग सर्न सक्ने प्रवल सम्भावना रहन्छ । यसका कारण आफू मात्र नभईसंगै बस्नेहरुलाई पनि हानी पुराउदछ । रगतमा हेमोग्लोबिनको मात्रालाई कम गराई शरीरमा अक्सिजनको कमि गराउदछ । यसैले यो स्वास्थ्यको दृष्टिकोणबाट हानीकारक छ । यसले मानव शरीरलाई मन्द बिषले जस्तो हानी गर्दछ तसर्थ पनि यसको प्रयोगलाई निरुत्साहित गर्नु नै हितकारी छ ।