राष्ट्र हितमा समर्पित
शुक्रवार, जेठ ६, २०७९

नेपाललाई ‘फिजीकरण’ गर्ने भारतीयको अर्को खतरनाक डिजाइन

आइतवार, १८ कार्तिक २०७५ १३:३७

काठमाडौं । भारतीय आप्रावासीलाई नेपालमा नागरिकता दिलाउन भारतले हरप्रयास गरिरहेको छ ।

नेपाल नागरिकता ऐन-२०६३ लाई संसोधन गर्न बनेको विधेयक-२०७५ माथि संसोधनको प्रस्ताव पनि भारतीय डिजाइनमा भएको खुलसा भएको छ । उक्त विधेयक संसोधन गरी पारित भएमा नेपाल अब छिट्टै आप्रावासीहरुको मुलुक बन्नेमा दुविधा छैन ।

सांसदद्धय प्रमोद साह र एकवाल मियाँले राज्यब्यवस्थाको समितिमा पेश गरेको सार्क राष्ट्रमा बसोबास गर्ने गैरआवासीय नेपालीलाई समेत ‘गैरआवासीय नेपाली नागरिकता’ दिनुपर्नेसहितको प्रस्ताव पारित भएमा पहाडी मुलका भारतीय नेपाली आप्रावासीसँगै तराईका नेपाली भन्दै ठूलो संख्यामा भारतीय आप्रावासीले नेपाली नागरिकता लिन सफल हुने प्राध्यापक फणीन्द्र नेपालले बताए ।

उनले सांसदद्धयले भारतीय स्वार्थमा उक्त संसोधन प्रस्ताव हालेको समेत दावी गरे । त्यसो त सांसद मियाँलाई भारतीय गुप्तचरी संस्था ‘रअ’ निकट मानिदै आएको आरोप लाग्दै आएको छ ।
सार्क राष्ट्रमा बसेका गैरआवासीय नेपाली भन्ने बहानामा ठूलो संख्यामा आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउने भारतीय षड्यन्त्र देखिएको भन्दै त्यसको पछि नलाग्न र सचेत हुन समेत प्राध्यापक नेपालले सुझाए ।

उनले भने, ‘जनसंख्याका हिसाबले पनि सबैभन्दा ठूलो राष्ट्र भारतको यो पछिल्लो रणनीति सफल भए नेपाललाई भारतले सजिलै फिजीकरण गर्न सक्नेछ ।’ उक्त बदनियतपूर्ण भारतीय षड्यन्त्रको खुलेर विरोध गर्न समेत उनले भने । सिपोष्ट न्युजबाट

थप जानकारी