राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

एकता महाधिबेशनबाट पारित नीति,बिधान र ‘गाई’ चुनाव चिन्ह हाम्रो बटमलाईन हो:कमल थापा

आइतवार, २५ कार्तिक २०७५ १९:२७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले राप्रपाको एकता महाधिबेशनबाट पारित नीति,बिधान र ‘गाई’ चुनाव चिन्ह एकताको बटमलाईन भएको बताएका छन् ।

समाजिक संजाल टुइटरमा टुइट गर्दै थापाले समान विचारधारा भएका दलहरुसंग एकताको ढोका खुलाराख्दै सनातन हिन्दुराष्ट्र, संबैधानिक राजसंस्था, स्थानिय स्वायत्त शासन र उदार अर्थतन्त्रको जगमा सबल र सम्बृद्ध नेपाल निर्माणको यात्रामा राप्रपा अविचलित अघि बढिरहने बताएका छन् ।

राप्रपाको एकता महाधिवेशनले सनातन हिन्दुराष्ट्र, संबैधानिक राजसंस्था, स्थानिय स्वायत्त शासन र उदार अर्थतन्त्रको एजेन्डालाई पास गरेको थियो भने राष्ट्रिय जनावर गाई चुनाव चिन्ह स्वीकारेको थियो ।

थप जानकारी