राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

राष्ट्रिय जनमोर्चाको देउसी भैलोमा १६ लाख संकलन

बुधवार, २८ कार्तिक २०७५ १५:४२

बाग्लुङ । राष्ट्रिय जनमोर्चा बाग्लुङले आफ्नो छैटौं जिल्ला सम्मेलनमा सहयोग पुग्ने अपेक्षा सहित संचालन गरेक देउसी भैलो कार्यक्रमबाट १६ लाख संकलन गरेको छ ।

भैली टिमले काँडेबाँस र मल्म गरि ११ स्थानमा खेली ३ लाख ७० हजार रकम उथाएको छ , त्यसगरी हटिया बजारमा ५ स्थानमा २ लाखा ५० हजार उठाएको छ भने हरिचौरका ४ स्थानमा २ लाख १० हजार रकम उठाएको छ त्यसैगरी दुधिलाभाटिमा ७ लाख ६ हजार ६ सय ११ रकम उठेको छ भने १ लाख ४० हजार गरि जम्मा १६ लाख ७७ हजार ९ जम्मा भएको संजाल शर्माले जानकारी दिएको छन् ।

मंसिर २१ देखि २७ गते सम्म संचालन भएको देउसि भैलो लाई एक कार्यक्रम बिच समापन मन्तव्य व्यक्त गर्दै राष्ट्रिय जनमोर्चा का जिल्ला उपाध्यक्ष बेदिलाल सापकोटाले ” भैली कार्यक्रममा सहयोग गर्नु हुने सम्पुर्ण अभिभावक, सहयोग दाता, कलाकार र अभियानमा खट्ने सबैलाई धन्यवाद समेत दिएका छन् । साथै उनले संकलित रकम जिल्ला सम्मेलन सफल पार्नको लागि खर्च गरिने बताए ।

आगामी मंसिर २१ र २२ गते गलकोटको हटिया मा हुन गईरहेको राष्ट्रिय जनमोर्चाको जिल्ला सम्मेलन उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के सीद्वारा हुने आयोजकले बताएको छ।

थप जानकारी