राष्ट्र हितमा समर्पित
मङ्गलवार, साउन ८, २०८१

क्रिश्चियनको कार्यक्रममा सरकार संलग्न हुनु हुँदैन, विवादास्पद कार्यक्रम रोकिनु पर्छ: कमल थापा

शनिवार, ८ मंसिर २०७५ १५:२४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले “क्रिश्चियन धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकार संलग्न हुनु हुंदैन।यस्ता विवादास्पद कार्यक्रम रोकिनु पर्दछ” भनेका छन् ।

समाजिक संजाल टुइटरमा लेख्दै थापाले क्रिस्चियनिटि विस्तारका लागि स्थापना भएको युनिभर्सल पिस फेडरेसन (युपीएफ) को नेपाल शाखाले आयोजना गर्न लागेको सम्मेलनमा नेपाल सरकार सहआयोजक रहेको भन्दै कार्यक्रम नै रोक्नु पर्ने तर्क गरेका हुन् ।

युपीएफले यही मंसिर १४ देखि १७ गतेसम्म होटेल हयात रिजेन्सीमा सम्मेलन गर्दै छ । सो सम्मेलनमा नेकपाका नेता एवं प्रधानमन्त्री केपी ओलीलाई प्रमुख अतिथि बनाउने आयोजकको तयारी छ भने पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल स्वागत समितिको अध्यक्ष रहेका छन् ।

थप जानकारी