राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

क्रिश्‍चियन प्रचारकलाई राजकीय सम्मान अवाञ्छित: कमल थापा

बिहिवार, १३ मंसिर २०७५ १५:३६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले एसिया प्यासेफिक समिटमा भाग लिन आएका क्रिश्‍चियन प्रचारकलाई राजकीय सम्मान प्रदान गरिनु अवाञ्छित भएको बताएका छन् ।

सामाजिक संजाल टुइटरमा थापाले ट्विट गर्दै
धर्म प्रचारक संस्थाद्वारा आयोजित विवादास्पद भेलामा सहभागि पाहुनाहरुलाई गरिएको राजकिय सम्मान अवाञ्छित भएको बताएका छन् ।

थापाले पाहुनालाई स्वागत हुनुपर्छ तर मर्यादा विपरित होईन भनी सरकारको आलोचना समेत गरेका छन् । उनले जनतालाई सास्तिदिने जोरबिजोर गलत र अनावश्यक भएको भन्दै ज्यादतिको भर्त्सना समेत गरेका छन् ।

थप जानकारी