राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

सरकारले जोरबिजोर लगाएर जनतालाई सास्ती दियो: मोहन श्रेष्ठ

बिहिवार, १३ मंसिर २०७५ १५:५५

काठमाडाैं, १३ मंसीर । सरकारले अाजबाट राजधानीमा सवारी अावागमनमाथि जोरबिजोर प्रणाली लागु गरेर जनतालाई सास्ती दिएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

समाजिक संजाल टुईटरमा लेख्दै श्रेष्ठले अहिलेको सरकारको गतिविधि विवादित र संदिग्ध भएको समेत बताएका छन् ।

उनी भन्छन्, विवादित र संदिग्ध धर्म प्रचारक संस्था मुख्य आयोजक रहेको सम्मेलनलाई सार्क वा बिम्स्टेक सरह महत्त्व दिइ जनतालाई सास्ती हुने गरि आजबाट ४ दिन सवारीमा जोर/बिजोर लागू गर्ने सरकारको निर्णय हास्यास्पद छ ।

साथै उनले सरकारको भूमिकाले कैयन आशंका थप्ने निश्चित भएको समेत बताएका छन् ।

नेपालमा हुँदै गरेको क्रीस्चियनको सम्मेलनमा सरकार सहआयोजक भएकोमा राप्रपा लगायतको विरोध कै कारण सरकार सहआयोजकबाट पछि हटेको थियो । तर पनि सम्मेलनलाई ठुलो आर्थिक सहयोग गर्ने भनिएको विषय र जनतालाई दुख हुने गरि गरेको सवारी आवगमनको जोरबिजोर प्रणालीको समाजिक संजालमा चर्को विरोध भईरहेको छ ।

एउटा आईएनजीओको कार्यक्रम सफल पार्न सरकार यसरी लागी पर्नुपर्ने थिएन । यसो गर्नुले आर्थिक रूपमा पनि सरकारलाई आर्थिक भार पार्ने देखिन्छ । यसले पनि वर्तमान सरकार माथी विदेशी संघ संस्थाको प्रभाव कतिसम्म रहेछ भन्ने पुष्टि गरेको छ ।

थप जानकारी