राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

सुगौली सन्धी के हो? सुगौली सन्धिमा गुमाएको जमिन किन फिर्ता भएन?

आइतवार, १६ मंसिर २०७५ १२:४४

सुजित के.सी । आज डिसेम्बर २, आजै दिन नेपाल र ईष्ट ईन्डिया कम्पनीबीच सुगौली सन्धी भएको थियो ।
सुगौली सन्धि नेपाल र तत्कालिन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो जसबाट नेपाल अंग्रेज युद्धको विधिवत समाप्ति भएको हो। यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको २ तिहाई भू-भाग गुमाउनु परेको थियो। यो सन्धिमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाल बीच २ डिसेम्बर १८१५ मा प्रस्तावित भएको र हस्ताक्षर भने ४ मार्च १८१६ भएको थियो।

सन्धि नेपालको तर्फबाट राजगुरू गजराज मिश्र र चन्द्र शेखर उपाध्याय तथा ब्रिटिश (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राड्सले गरेका थिए।

सन्धिमा नेपालले लडाईंमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिश प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिश सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वंचित हुनुपर्यो । यस अन्तर्गत सिक्किमको क्षेत्र पनि पर्छ, यहाँका राजा छोग्यालले अंग्रेज-नेपाली युद्धमा ब्रिटिशलाई सघाएका थिए। नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ(वर्तमान उत्तराखण्ड), गढवाल(वर्तमान उत्तराखण्ड), सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा (वर्तमान हिमाचल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू छन् ।

तराई क्षेत्रका केही भागहरू नेपाललाई फर्काइयो । सन् १८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगको निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू (हालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) सन् १८६५ मा नेपाललाई फर्काइयो जसलाई नयाँ मुलुक भनिन्छ।

नेपाल अधिराज्यमा प्रवेश पाउने ब्रिटिश प्रतिनिधि एडवार्ड गार्डनर नैं प्रथम पश्चिमी प्रतिनिधि भए। उनी उत्तर काठमाडौंको एउटा परिसरमा बसे, जुन परिसरलाई लाजिम्पाट भनिन्छ र यहाँ भारत र ब्रिटिशका दूतावासहरू छन्। सुगौली सन्धिलाई सँच्याउने अर्को सदाको निम्ति शान्ति एवं मैत्री सन्धि डिसेम्बर १९२३ मा भयो जसमा ब्रिटिश प्रतिनिधिलाई ब्रिटिश राजदूतको दर्जा दिइयो।

नेपाल भारतबीच भएको १९५० को सन्धीले पनि सुगौली सन्धिलाई खारेज गरिसकेको छ । ईन्डिया सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएसगै नेपालले सुगौली सन्धिमा गुमाएका भूमि पनि स्वतन्त्र भई सके तर ईण्डिया आजसम्म उक्त नेपाल जमिनमा जबरजस्ती शासन गर्दैआएको छ ।

सुगौली सन्धिको अवस्था

सुगौली सन्धि लाई खारेज गर्ने महत्त्वपूर्ण आधार १९५० को जुलाई १ मा भएको शान्ति तथा मैत्री सन्धी हो । यो सन्धीको धारा ८ मा प्रष्ट शब्दमा के लेखिएको छ भने ‘यो सन्धीले नेपाल र बेलायतबीच विगतमा भएका सबै सन्धी, सम्झौता एवम् समझदारी रद्द हुन्छन् ।’

त्यस्तै नेपाल र बेलायतबीच सन् १९५० को अक्टोबर ३० मा अर्को सन्धी भएको छ । जसको प्रस्तावनामै भनिएको छ, नेपालसित विगतमा भएका सबै सन्धीको औचित्य समाप्त भयो, त्यसैले नयाँ सन्धी गरिएको छ । यसको अर्थ बेलायतका तर्फबाट पनि सुगौली सन्धी खारेज भएको छ । यसले के पुष्टि गर्दछ भने सुगौली सन्धि खारेज भई सकेको र सुगौली सन्धिमा नेपालले गुमाएको जमिन नेपालको हो ।

नेपाल र ईष्ट ईण्डिया कम्पनीबीच भएको सुगौली सन्धी

After the Anglo-Nepalese War, a peace treaty was signed between the government of Nepal and the East India Company. It was agreed upon on 2 December 1815 by Raj Guru Gajaraj Mishra aided by Chandra Sekher Upadhyaya on behalf of the government of Nepal and Lt. Col. Paris Bradshaw on behalf of the Company. The signed copies of the treaty were exchanged on 4 March 1816 at Makawanpur by Chandra Sekhar Upadhayay and General David Ochterlony. The terms of the treaty were as follows:-

1.There shall be perpetual peace and friendship between the East India company and Nepal.

2.The king of Nepal will renounce all claim to the lands which were the subject of discussion between the two States before the war; and will acknowledge the right of the company to the sovereignty of those lands.

3.The king of Nepal will cede to the East India company in perpetuity all the under mentioned territories: i) The whole of low lands between the rivers Kali and Rapti. ii) The whole of low lands between Rapti and Gandaki, except Butwal. iii) The whole of low lands between Gandaki and Koshi in which the authority of the East India company has been established. iv) The whole of low lands between the rivers Mechi and Burma. v) The whole of territories within the hills eastward of the Mechi river. The aforesaid territory shall be evacuated by the Gorkha troops within forty days from this date.

4.With a view to indemnify the chiefs and Bhardars of Nepal, whose interest will suffer by the alienation of the lands ceded by the foregoing Article (No. 3 above), the East India company agrees to settle pensions to the aggregate amount of two lakhs of rupees per annum on such chiefs as may be decided by the king of Nepal.

5.The king of Nepal renounces for himself, his heirs, and successors, all claim to the territories lying to the West of the River Kali, and engaged never to have any concern with the appointed rulers of those territories or the inhabitants thereof.

6The king of Nepal engages never to molest or disturb the king of Sikkim in the possession of his territories. If any difference shall arise between Nepal and Sikkim, it shall be referred to the arbitration of the East India company.

7.The king of Nepal hereby engages never to take or retain in his service any British subject, nor the subject of any European or American State, without the consent of the British Government.

8.In order to secure and improve the relations of amity and peace hereby established between Nepal and Britain (East India company), it is agreed that accredited Ministers from each shall reside at the court of the other.

9.This treaty shall be ratified by the King of Nepal within 15 days from this date, and the ratification shall be delivered to Lt. Col. Bradshaw, who engages to obtain and deliver to the king the ratification of the Governor-General within 20 days, or sooner, if practicable.

DONE at Sugauli, on the 2nd day of December 1815. PARIS BRADSHAW, LT.-COL., P.A.

Received this treaty from Chandra Shekhar Upadhyaya, Agent on the part of the Raja of Nepal, in the valley of Makwanpoor, at half-past two o’clock p.m. on 4 March 1816, and delivered to them the Counterpart Treaty on behalf of the British Government.

थप जानकारी