काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले योगी आदित्यनाथको गतिविधिप्रति घोर भर्त्सना गरेका छन् ।
नेपालले आदित्यनाथले धार्मिक आवरणमा यस किसिमको बदनियत राखेर राजनीतिक गतिविधि गर्नु निन्दनीय भएको भन्दै घोर भर्त्सना गरेको बताएका छन् ।
राष्ट्रिय समाचारसित कुरा गर्दै ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले विवाह पञ्चमीका अवसरमा आदित्यनाथ योगीकै रूपमा आएका भए धार्मिक सांस्कृतिक हिसाबले कुनै आपत्तिको विषय हुने थिएन तर उनी भारतको उत्तरप्रदेशका मुख्यमन्त्रीको हैसियतमा नरेन्द्र मोदीको प्रतिनिधित्व गर्दै जनकपुर अाउँदै गरेकोले आपत्ति जनाएको बताएका छन् ।
नेपाल भन्छन्, धार्मिक क्षेत्रलाई राजनीतिक गतिविधिको थलो बन्न दिनु राम्रो होइन तर योगी आदित्यनाथले यो भ्रमणबाट एकातिर भारतका हिन्दू मतदातालाई आकर्षित गर्ने ध्येय राखेका छन् भने अर्कोतिर नेपालको तराईमा राजनीतिक प्रभाव देखाउन खोजेका छन् । धार्मिक आवरणमा यस किसिमको बदनियत राखेर राजनीतिक गतिविधि गर्नु निन्दनीय कुरा हो । तसर्थ आफुले योगी आदित्यनाथको यस किसिमको गतिविधिको घोर भर्त्सना गरेको राष्ट्रिय समाचारलाई बताएका छन् ।