राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

संसारका १४५ देश धर्मसापेक्ष, नेपाल बन्न सक्दैन ‘हिन्दू राष्ट्र’ ?

सोमवार, ९ पौष २०७५ १३:१९

काठमाडौं । नेपाल धर्मनिरपेक्ष राष्ट्र हो । विश्वको एक मात्र रहेको हिन्दू राष्ट्र नेपाललाई धर्मनिरपेक्ष बनाइएको विषय विवादमा पर्दै आएको छ । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएसँग राप्रपा विरोधमा उत्रिएको थियो ।

धर्मनिपेक्ष घोषणा गर्ने कार्यमा लागेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केही शीर्षनेताहरु अहिले हिन्दू राष्ट्रको पक्षमा देखिएका छन् । नेपालको एकता र पहिचानका लागि हिन्दू राष्ट्र घोषणा गरिनु पर्ने क्रिश्चियन धर्मका प्रवचक डा. केवी रोकायाले बताउँदै आएका छन् । तर, नेपाल संवैधानिक रुपमा धर्मनिरपेक्ष राष्ट्र हो ।

विश्वमा एक सय ४५ देश धर्मसापेक्ष राष्ट्र छन् । यिनै मध्येका केही राष्ट्रले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउन लविङ गरेको चर्चा चल्ने गरेको छ । विश्वका १४५ देश धर्मसापेक्ष रहेकाले आफ्नो अस्वित्व, पहिचान, राष्ट्रिय एकताका लागि नेपालमा हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले माग गरेका छन् ।

नेपालाई धर्मनिरपेक्ष घोषणा गराएर लोभ र प्रलोभन देखाउँदै नेपालमा क्रिश्चियन धर्म अंगिकार गर्न लगाउने खेल भइरहेको बताइएका बेला विश्वमा ७१ राष्ट्र क्रिश्चियन धर्म सापेक्ष मुलुक छन् । यसैगरी ५४ देश इस्लाम, ९ देश बुद्धिष्ठ र १ देशले यहुदी धर्मलाई राष्ट्रिय धर्मको रूपमा स्वीकार गरेका छन् । यी तथ्यांकलाई हेर्दा नेपालको आफ्नो अस्तित्व रक्षाका लागि सनातन हिन्दू राष्ट्र कायम गरिनु पर्ने सहप्रवक्ता श्रेष्ठको जोड छ ।

नेपालमा बहुसंख्यक नागरिक हिन्दू रहेका छन् । ८१ दशमलव ३५ प्रतिशत नागरिक हिन्दू रहेकाले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने राप्रपालगायतका केही राजनीतिक दल तथा विभिन्न संघसंस्थाले माग गर्दै आएका छन् ।

८१ दशमलव ३५ प्रतिशत नागरिक हिन्दू रहेको नेपाल बहुधार्मिक मुलुकको हो । सबै धर्मको समान सम्मानसहित नेपालाई हिन्दू राष्ट्र कायम गरिनु पर्ने राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठको जिकीर छ ।

नेपालमा ९ प्रतिशत बुद्धिष्ट, ४ दशमलव ४ प्रतिशत इस्लाम, ३ प्रतिशत किराँत, १ दशमलव ४ प्रतिशत क्रिश्चियन र शुन्य दशमलव ९ प्रशितत अन्य धर्मालम्वी रहेका छन् । ९४.५ प्रतिशत ओमकार परिवार भएको नेपाल धर्म निरपेक्ष हुन नसक्ने राप्रपाको अडान छ । ओएस नेपालबाट

थप जानकारी