राष्ट्र हितमा समर्पित
मङ्गलवार, बैशाख ४, २०८१

लाखाैं दक्ष जनशक्तिलाइ विदेशमा राखेर मुलुक समृद्ध हुन सक्दैन: कमल थापा

शुक्रवार, १३ पौष २०७५ २१:२१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लाखाैं दक्ष जनशक्तिलाइ विदेशमा राखेर मुलुक समृद्ध हुन नसक्ने बताउनु भएको छ ।

आज पार्टीको प्रबास बिभागद्वारा काठमाडौंमा  आयोजित “मुलुकको आर्थिक समृद्धिमा प्रबासीहरुको भुमिका” बिषयक अन्तर्क्रीया कार्यक्रममा बोल्दै थापाले प्रबासमा रहेको ठुलो जनशक्तिबाट मुलुकमा भित्रीने ७ खरब रुपैयाँलाई राष्ट्रको बृहत्तर हितमा उपयोग गर्न राप्रपाले दीर्घकालीन कार्ययोजना तयार गर्ने समेत स्पष्ट पारे ।

थापाले मुकुकको आर्थिक समृद्धिमा प्रबासिहरुको महत्त्वपूर्ण भुमिका रहेको चर्चा गर्दै लाखौ सिर्जनसिल नेपालीलाई मुलुक बाहिर राखेर समृद्धिको कल्पना गर्न नसकिने दाबी गरे ।

नेपालको कुल आयको ३० प्रतिशत रेमिट्यान्सको रुपमा देशमा भित्री रहेको र नेपाली जनसंख्याक्क ठुलो हिस्सा बिदेश पलायन हुनु तथा रेमिट्यान्सको सहि सदुपयोग नहुनु चिन्ताको बिषय बनेको बताए ।

राप्रपा बैचारिक दृस्ठिकोणबाट मात्र फरक नभएको चर्चा गर्दै खुला बजारमुखी अर्थतन्त्रलाई राष्ट्रको आर्थिक समृद्धिको रूपमा आत्मसात गरेको बताए ।राजनैतिक , सामाजिक र आर्थिक दृस्ठिकोणबाट राप्रपा फरक पार्टी बनाउन आफुहरु लागिपरेको र जनतालाई बुझाउन मेहनत गर्नुपर्ने आबश्यकता औल्याए । कार्यक्रममा अर्थबिदद्वय श्याम खड्का र सुजिब शाक्यले प्रस्तुति दिएका थिए ।

थप जानकारी