राष्ट्र हितमा समर्पित
बिहिवार, जेठ २५, २०८०

‘धार्मिक संस्थाको कोष संचालन गर्ने नैतिक अधिकार सरकारसित छैन’:कमल थापा

आइतवार, २२ पौष २०७५ १२:४९

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले हिन्दु र बौद्ध धर्मका संस्था सरकारले नियन्त्रणमा लिएर विभेद गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले
धर्म नमान्ने, ईश्वरको शपथ नलिने,धर्मलाई अफिम ठान्नेहरुको सरकारलाई पशुपतिनाथ,लुम्बिनी,जानकी मन्दिर जस्ता धार्मिक संस्था/कोष संचालन गर्ने नैतिक अधिकार नभएको बताएका छन् ।

ईशाई र ईस्लामका धार्मिक संस्था सम्बन्धित समुदायले चलाएको उल्लेख गर्दै ‘हिन्दु र बौद्ध धर्मका संस्था मात्र किन सरकारको नियन्त्रणमा ? यो विभेद किन?’ भनेर प्रश्न गरेका छन् ।

थप जानकारी