राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख ६, २०८१

प्रदेश २ मा मन्त्रीद्वारा कुटिए सचिव

आइतवार, २९ पौष २०७५ १६:४८

२९ पुस, जनकपुरधाम । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिवमाथि हातपात गरेका छन् ।

उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् ।

संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताए । मन्त्री यादवले सचिवमाथि हातपात गर्दा सभामुख सरोज यादव पनि मन्त्रीकै कार्यकक्षमा थिए ।

मन्त्रीबाट कुटाई खाने सचिवलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएकोमा ४० वटा संस्था छनोट भएका थियो ।

मन्त्री यादवले सिफारिस गरेको एनजीओको नाम खुलाइएको छैन ।  सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरुले मन्त्रालयको मुख्य ढोकामा धर्ना दिएका थिए ।

केही समय वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवका रुपमा खटाइएको थियो । घटना सम्बन्धमा जानकारी लिन मन्त्री यादवलाई फोन सम्पर्क गर्दा मोवाइल स्वीच अफ रहेको छ । अनलाइन खबरबाट

थप जानकारी