राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

राप्रपा मुलुककाे वैकल्पिक शक्ति

सोमवार, ७ माघ २०७५ १९:०८

विजय खड्का । मुलुक परिवर्तनको संघारमा छ । वाह्र वर्ष सम्म जुनसुकै व्यवस्थालाई पनि धैर्य गरेर कुर्ने र त्यसबाट सन्तुष्ट नभए परिवर्तनको लागि सडकमा निस्कने नेपाली समाज हालकाे व्यथिति,भ्रष्टाचार,अपारदर्शीता, चरम वैदेशिक हस्तक्षेप, गैरजिम्मेवार अभिव्यक्तिदेखि वाक्क दिक्क भई सकेका छन् । जनताले अहिलेको एक दलिय अधिनायकवादलाई मन पराएका छैनन् ।

अहिले बजारमा सिद्धान्तको लागि भन्दा पनि कमाउनकाे लागि कम्युनिस्ट हुनेकाे लर्काे भेटिन्छ। न्युनतम राजनीतिक मूल्य र मान्यतामा ठुलाे ह्रास अाएकाे छ । गणतन्त्र, धर्मनिरपेक्षता र संघियता अहिले मुलुकले थेग्न नसक्ने अर्थात “भालुकाे कन्पट” भएकाे छ । काग्रेस – कम्युनिस्टलाई नै “खाँउ भने दिनभरिकाे सिकार नखाउ भने कान्छा वाहुकाे अनुहार” सावित भएकाे छ याे व्यवस्था ।

एकतिर चरम धार्मिक हस्तक्षेप बढिराखेकाे छ र राज्य स्वयं सनातन मूल्य मान्यता सहितकाे हिन्दु समाजलाई क्षत विक्षत गर्न तल्लीन छ । सामुहिक रूपमा पैसा,प्रलाेभनकाे भरमा सनातनि हिन्दुहरूलाई क्रिश्चियनमा परिणत गर्न राज्यका सबै अंगहरू परिचालित भए जस्तो देखिन्छ । अमेरिका जस्ताे मुलुकमा सांसदमा जितेका नेपाली मुलका ह्यारिले गितामा हात राखेर सपथ खाए ।

मूल्य मान्यता, सामाजिक बनाैट अनुसार विश्वका कैयन राष्ट्र प्रमुखले आ- आफ्नाे धार्मिक आस्था अनुसार सपथ खाएकाे अवस्थामा नेपालका प्रधानमन्त्री ईश्वरकाे नाममा सपथ खान मान्दैनन । यसलाई ८१ % हिन्दु तथा १३ % ओमकार परिवारले अपमानित भएकाे महशुस गरेका छन् । भाेटर्सले आफुले जिताएकाे जनप्रतिनिधिमा आफ्नाे भावनाकाे छाँया देख्दछ तर नेपालमा ९४ % ओमकार परिवार सशंकित हुने र करिब ३% काे हाराहारीमा रहेका क्रिश्चियनहरूले सरकारमा आफ्नाे छाँयाकाे अनुभुती गरेका छन । यसकाे पछिल्लो उदाहरण प्रधानमन्त्री र राज्यकाे सवै अंग परिचालित भएर एउटा क्रिश्चियन मिसिनरिकाे प्रभावमा राज्य पर्नुलाई लिन सकिन्छ। याे संग-संगै मुलुकमा माैलायकाे भ्रष्टाचार, कुशासन,३३ किलो सुन प्रकरण, निर्मलाकाे बलत्कार र हत्या प्रकरण, पानी जहाज, रेल,मेलम्ची आयाेजनामा सरकारकाे असफलता तथा नेपालकाे ईतिहासमा नै सबै भन्दा ठुलाे भ्रष्टाचार काण्ड वाईड वडि प्रकरणमा सरकारकाे संलग्नताले जनता आक्राेशित छन् । याे व्यवस्थाकाे विकल्पमा सडक आन्दाेलनकाे मुडमा छन ।

के काँग्रेसले आन्दोलनकाे नेतृत्व लिन सक्छ ?
जनता बाम गठबन्धन र यसले अपनाएकाे सम्पुर्ण मूल्य र मान्यता ध्वस्त पार्दै नयाँ सीराबाट राष्ट्रवादी शक्तिलाई उठाउने मुडमा छन् तर अझै नेपालमा सम्पुर्ण कम्युनिस्ट सत्तालाई ध्वस्त पार्दै नयाँ शक्ति स्थापना गर्नकाे लागि नेतृत्व निर्माण भने भईसकेकाे अवस्था छैन । याे आन्दोलनकाे नेतृत्व गर्ने प्रथम दायित्व प्रतिपक्षि कांग्रेसकाे हाे तर अहिले कांग्रेस किंकर्तव्य विमुढ छ, ढुलमुल छ । कुनै बेला माओवादिकाे भरिया बनेर गणतन्त्र, धर्मनिरपेक्षता र संघियताकाे फडके किनारमा साक्षी बनेर सहि गरेकाे काग्रेस भित्र अहिले झिनाे रूपमा हिन्दु राष्ट्रकाे पक्षमा आवाज उठन त थालेकाे छ तर त्याे देखाउने दाँत मात्र हाे भन्ने महासमितिका धा भन्दा बढि सदस्यले गरेकाे हस्ताक्षरलाई छलफल पनि नगराई रद्दीकाे टाेकरिमा हालेकाेले कांग्रेस नेतृत्व याे मुद्धा प्रति ईमानदार छैन भन्ने प्रष्ट हुन्छ । जनता धर्म निरपेक्षता,संघियता र गणतन्त्र विरूद्धमा छन । याे मुद्दा कांग्रेसले बाेक्न नसकेपछि उसकाे आन्दोलन गर्ने नैतिक सहास रहदैन । मधेशवादी जनता हिन्दुराज्यकाे पक्षमा रहेपनि मधेसी दल र नेतृत्व आपसी खिचातानी र चरम दक्षिणी प्रभावमा रहेकाले यिनीहरूबाट पनि जनताले आशामा रहेका छन् ।

के अबकाे वैकल्पिक शक्ति राप्रपा हाे त?
अहिले संसारभर राष्ट्रवादी शक्तिको उदय भई रहेकाे छ । भारत, चीन,अमेरिका जस्ता विश्वकाे शक्ति राष्ट्र लगायत सबै विकासशील र विकासन्मुख राष्ट्रहरूमा कुनै न कुनै रूपकाे राष्ट्रवादी हावा वगेकाे छ। विश्व मानचित्रबाट प्राय लाेपन्मुख कम्युनिस्ट शक्ति नेपालमा हावी भएकाे अवस्थामा विश्वकाे लागि अचम्मकै विषय हाे । नेपालमा पनि अहिले राष्ट्रवादी शक्ति जुर्मुराउने अवस्थामा छ । अनुकुल समयकाे पर्खाइमा छ्न जनता । राजाकाे भ्रमणहरूमा हजाराैले राजाकाे पक्षमा जय-जयकार गर्नु, राप्रपाले अायाेजना गरेकाे हिमाली, पहाडि र तराईकाे जिल्लाकाे कार्यक्रममा जनआकर्षण बढनु, राप्रपाका सबै हिस्सा र सम्पुर्ण राष्ट्रवादी शक्तिकाे एकिकरणकाे अभ्यास तथा राप्रपा अध्यक्ष कमल थापाको नेतृत्वमा राप्रपाले सुरू गर्न लागेकाे धार्मिक यात्रा, राष्ट्रिय स्वाभिमान मेची- महाकालि यात्रालाई संकेतकाे रूपमा लिन सकिन्छ ।

युवा र आधुनिक पुस्ताकाे बाहुल्य रहेकाे विवेकशील साझा पार्टीमा आएकाे फुट र राप्रपाकाे एकीकरण तथा राष्ट्रवादी शक्तिकाे पुनर्गठनकाे अभ्यासले नेपाली जनता, बाैद्धिक वर्ग, राष्ट्रवादी शक्ति, स्वतन्त्र समुहहरू, निजामती, जंगि, विधार्थि ,शिक्षक लगायतका नेपाली समाजका सम्पूर्ण तह र तप्का लगायत विश्वभर छरियर रहेका नेपाली समुदाय पनि राष्ट्रवादी शक्तिको उदयकाे प्रतिक्षा गरिरहेको बुझ्न सकिन्छ । अब ढिलाे चाँडाे, चाहेर नचाहेर नेपाली जनताले आन्दोलनकाे मियाे राप्रपालाई बनाउने निश्चित छ ।

राप्रपा नेतृत्वले अब मेराे वा तेराे, याे वा त्याे भन्नू वा पद र राजनीतिलाई आफु अनुकुल बनाउने मात्र प्रयत्न गर्ने अभ्यास भन्दा एउटा नेपाली नागरिक भएर छातिमा हात राखेर राष्ट्रिय चिन्तन बाेकेर नयाँ राजनीतिक अभ्यासकाे लागि तयार भएमा नेपाली जनता मुलुककाे साँचाे राप्रपालाई बुझाउने मुडमा छन। राप्रपाकाे लागि याे अवसर र चुनाैति दुवै हाे । जनतनलाई विश्वासमा लिएर व्यक्तिगत हठ, कुण्ठा त्यागेर सम्पुर्ण राष्ट्रवादी शक्तिलाई एकजुट, मजबुत र गाेलबन्द बनाउदै अगाडि बढेमा कम्युनिस्ट शक्ति तासकाे घरझै ढल्ने निश्चित छ। नयाँ शक्तिकाे आगमनकाे स्वागतमा बसेकाे नेपाली जनतालाई निरास नबनाऔं, उठाै, जुटाैं, जागाैं, राष्ट्रिय स्वाभिमानकाे रक्षा गराैं, याे आजकाे समयले दिएकाे कार्यभार हाे । जय राष्ट्र जय जनता ।

लेखक राप्रपाका केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख हुन् ।

थप जानकारी