राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

जनता आवास कार्यक्रम भएपनि दलित परिवार घरबार बिहिन

मङ्गलवार, ८ माघ २०७५ १३:५२

आलोक यादव, सिरहा । जनता आवास कार्यक्रमका कारण नवराजपुर गाउँपालिकाका २२ घर परिवार दलित समुदाय घरबार विहिन आवस्थामा पुगेका छन् । बिगत दुई वर्ष अघि जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि घर भत्काईएको भएता पनि हालसम्म बनाउन नसकेकाे कारण घरबार बिहिन भएका हुन् ।

दलित समुदायमा एउटा घर मात्र रहेकाे परिवारले घरकाे अाशामा बर्षामा त्रिपाल मुनि भिज्दै दिन रात काट्न र जाडाेमा कष्ठकर जिन्दगी बिताउन बाध्य छन् ।

कमसल दुई नम्बर ईटा र पिलरमा एउटा मात्र रड राखेर बनाईएकाे रामरति देवीको घर भुकम्प र हुरीको जोखिम देखिन्छ ।

त्रिपालसँगै परालमा जाडाे काटी रहेकाहरुलाई हालसम्म न त घरकाे लगत थाहा छ न त ईन्जिनियर साहबसँग भेट भएकाे छ । अलपत्र अवस्थामा रहेकाे सदाय परिवारका जनता आवास कार्यक्रमकाे अध्यक्ष मिथलेस कुमार सदायसँग घरकाे चदरा माग गर्दा अब तिमी अाफैले बनाउनु पर्छ भनि फरकाई दिईएको बताउछ्न ।

दुई काेठे घर र एउटा चर्पि सहितकाे रकम आए पनि रामरती देबि सदायलाई एउटा घर मात्र अर्ध निर्मित आवस्थामा छाेडि पैसा फिर्ता भएकाे अध्यक्षले बताएका छन् । जम्मा १६/१७ घर परिवार सदायमध्ये ५ घरपरिवारलाई जनता आवास कार्यक्रम परेका छन् । हालसम्म घर निर्माण किन भएन् भने प्रश्नकाे जवाफमा घर निर्माण समितिकाे अध्यक्ष मिथलेस कुमार सदायले समयमा पैसा नआएकाे , घर निर्माणकाे बेला घरमा नबसि मजदुरी गर्न गएकाे र हालसम्म ईटा, सिमेन्टकाे भुत्तानी नदिईएकाले ईटा , सिमेन्ट दिन नमानेकाे हुँदा निर्माण गर्न नसकिएको बताएका छन् । उनले अब तेस्राे किस्ता अाएपछि काम सुरू गर्ने बताएका छन् ।

कार्यक्रम संचालन गर्ने सरकारकाे लापरबाहीकाे कारण हामी घरबार विहिन भएका छाैँ अमला देवि सदायले बताईन । कार्यक्रमकाे यस्ता समस्याबारे जानकरी कसैले नगराएकाे कारणले आफु चासाे नदिईएकाे अब यी समस्याहरू बारे बुझि निर्माण कार्य तिब्र बनाउने गाउँपालिका अध्यक्ष बिश्वमाेहन यादबले बताएका छन् ।

थप जानकारी