राष्ट्र हितमा समर्पित
आइतवार, मंसिर १२, २०७८

एकदिन दियो बाल्दैमा सहिदको सम्मान होला र?

बुधवार, १६ माघ २०७५ ८:१७

-सुरेश मिश्र

“हुदैन बिहान मिर्मिरे तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए”

जसरी बिहानी हुनको लागि रातमा निस्किएका ताराहरु बिहानिपख बिलिन भएर जानुपर्दछ त्यसैगरी नेपाल यो अवस्था सम्म आइपुग्दा इतिहाँसको विभिन्न कालखण्डमा नेपाल आमाका सपुतहरुको बलिदानि रहेको छ। चाहे नेपाल एकीकरण ताका होस या प्रजातन्त्र प्राप्तिको लागि चाहे लोकतन्त्र गणतन्त्र प्राप्तिको लागि यिनै वीर सहिदहरुको ज्यानको बलिदानिको आवस्यकता परेको थियो।

नेपालको समसामयिक राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्दा यहाँ विभिन्न कालखण्डमा निकैनै उथलपुथल भएको इतिहास रहेको छ। नेपालको प्रथम सहिदको रुपमा हामी लखन थापामगरलाई चिन्दछौं। क्रुर सामन्ती राज्यब्यबस्थाका प्रमुख जंगबहादुरको बिरुद्धमा बोलेको अभियोगमा बीस १९३३ मा गोरखा जिल्लामा अवस्थित हिन्दुहरुको पवित्र धार्निक स्थल मनकामना मन्दिर अगाडी झुन्डाएर मारीएको थियो। त्यस्तै तत्कालिन राणा परिवारको बिरुद्धमा बोलिएको अभियोगमा बीस १९९७ माघ मा वीर महान ४ सपुतहरु धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्दलाई फरकफरक स्थानमा मारिएको थियो।

नेपालको इतिहासमा प्रजातन्त्र प्राप्तिका लागि जाहानिया राणा शासनको अन्त्यका लागि यिनै चार नेपाल आमाका माहान सपुतहरुको बलिदानिबाटै सम्भब भएको भन्ने केहि राजनीतिक बिस्लेसक हरुको समेत ठम्याइ छ। बीस २००७ सालदेखि हालसम्म आउदा नेपाल रास्ट्रलाई समुन्नत बनाउनको निमित्त निरंकुशता हटाएर रास्ट्रलाई समृद्ध बनाउनको निमित्त आफ्नो ज्यानको आहुती दिएका ती वीर सपुतहरु सदासर्वदा हाम्रो मनस्पटलमा अमरनै रहने छन। यसैका लागि सम्पुर्ण ज्ञात अज्ञात सहिदहरुको सम्झनामा नेपालमा माघ १६ गते सार्वजनिक बिदा अर्थात सहिद दिवस मनाइने गरिन्छ।

एकदिन सहिद दिवसमा सहिदको सालिकमा माल्यार्पण गरेर के सहिदको सम्मान होला? भन्ने प्रश्न सम्पुर्ण जनमानसमा उठेको प्रश्न हो। र यो प्रश्न ध्रुबसत्य पनि हो। किनकी सहिदहरुको भौतिक शरीर हामिमाझ त छैन तर उनिहरुका बिचार दर्शन हामिमाझ रहेको छ। उनिहरुले के का लागि आफ्नो ज्यानको आहुती दिए भन्ने कुरा महत्त्वपूर्ण रहन्छ। एकदिन सहिद दिवसको दिन नेताहरुको मुखबाट सहिदहरुका लागि चर्को भाषण सुनिन्छ। तर बास्तबिक सहिदहरुको उनिहरुबाटै अवमूल्यन भएको तितो यथार्थ हामिमाझ रहेको छ। किनकी देश गणतन्त्र प्राप्ती पछि जस्तोसुकै अवस्थामा मारीएका र आफै मरेका जस्तो ग्याङ फाइटमा मारिएका पुलिस इन्काउन्टरमा मारिएका आदि आदि र आन्दोलनमा मरिस भने ५० लाख पाइस भन्ने शब्द समेत रास्ट्रीय स्तरका नेताहरुबाटै सुनिने गरिएको छ। जसबाट प्रष्ट हुन्छ कि गणतन्त्र प्राप्ती पश्चात सहिद शब्दको नै अपब्याख्या भएको छ। यस्तै नेपाल सरकारबाट हचुवाको भरमा सहिदमा नाम लेख्ने प्रचलन समेत ह्वात्तै बढेर गएको छ र नेपाल सरकारसँग कति सहिद भए भन्ने कुराको आधिकारिक तथ्यांक समेत नहोला।जसबाट सहिदहरुको समेत अवमूल्यन भएको प्रष्ट हुन्छ।

रास्ट्रका लागि आफ्नो ज्यानको आहुती दिने सहिदहरुको सपना भने ज्युकातिउ नै रहेको छ। जसको कारणलेनै गर्दा नेपालका राजनीति दलहरु अबिस्वास्निय र गालिको सिकार भैनै रहेका छन। सहिद दिवसको दिन विभिन्न स्थानमा दिप प्रज्वलन समेत गरिन्छ, तर एकदिन दिप प्रज्वलन गर्दैमा सहिदहरुको सम्मान हुदैन भन्ने मान्यता मेरो रहेको छ। तसर्थ सहिदहरुलाई न्याय दिलाउनकै निमित्त उनिहरुले के का लागि आफ्नो ज्यानको बलिदानी गरे उनिहरुको सपना के थियो? उनिहरुको बिचार सिद्धान्त के थियो? के रास्ट्रलाई यस्तै खाडलै खाडलको भुमरीमा पार्नको निमित्त उनिहरुले ज्यानको बलिदानि दिएका थिए? यो कुराको बिस्तृत अध्ययनको जरुरत छ । र उनिहरुको सपनालाई पुरा गर्नुनै सहिदहरुलाई न्याय दिलाउनु हो। तसर्थ आजैबाट सहिदहरुको सपना पूरा गर्नको निमित्त कम्मर कसेर लाग्नुनै आजको आवस्यकता हो। जुनदिन सहिदको सपना पूरा हुनेछ त्यहिदिननै सहिद दिवसले सार्थकता पाउनेछ।

(तथ्यांकहरु साभार गरिएका हुन)

थप जानकारी