राष्ट्र हितमा समर्पित
शनिवार, बैशाख ८, २०८१

राप्रपाकाे राष्ट्रिय स्वाभिमान यात्रा: आत्मा गाैरवकाे मुलढाेका

शनिवार, २६ माघ २०७५ १५:३१

विजय खड्का । मुलुककाे गिरेकाे राष्ट्रिय स्वाभिमानलाई जुरुक्क उचालेर आम नागरिकमा राष्ट्रिय जागरण, हिनभावकाे अन्त्य, राष्ट्र प्रेम, एउटा दह्रिलाे आत्मा सम्मान र आत्मा विश्वास पैदा गर्नुपर्ने समय हाे याे, विगत १२ वर्षदेखि मुलुककाे स्वाभिमान लगातार गिरेकाे छ ।

नेपाल मगन्ते राष्ट्रमा परिणत भएकाे छ । नेपालकाे हरियो पासपोर्ट बोकेर हिडदा संसारकाे विमान स्थलहरूमा तेस्राे दर्जाकाे नागरिककाे भावले हेरिन्छ । अरू त के पुर्व प्रम बाबुराम भट्टराईलाई हङकङ एरपाेर्टमा तथा माधव कुमार नेपाललाई अमेरिका जाने क्रममा विदेशी विमानस्थलमा घण्टाै राेकिएकाे तथा नेका नेता प्रदिप पाैडेललाई जापान एर्पाेर्टबाटै फर्काइएकाे एउटा प्रतिनिधि घटना मात्र हुन । राजा महाराजा केही निरंकुश भए हाेलान तर उनीहरूकाे पालामा राष्ट्रिय स्वाभिमान र आत्मासम्मान कायम थियाे । राजा महेन्द्रले अमेरिकी संसदमा सम्वेाधन गरे,बेलायतकी महारानी नेपाल आईन तर आज अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाल चिन्दैनन । भारतकाे अभिन्न अंग हाे भन्दछन । चीनकाे राष्ट्रपतिकाे नेपाल भ्रमण हुन सक्दैन, शक्तिशाली राष्ट्रका कुनै राष्ट्र प्रमुखले नेपाल भ्रमण गरेका छैनन । पछिल्लो भेनेजुएला प्रकरणले त सरकार असंलग्न पराराष्ट्र नितिमा पनि चुकेकाे छ । याे अवस्था किन र कसरी अायाे सबै नेपालीले आत्मा चिन्तन गर्नुपर्ने अावस्यकता छ ।

अहिलेकाे सबैभन्दा आवस्यकता र चुनाैती भनेकाे नेपाली जनता र खास गरी युवा वर्गमा देश प्रेमकाे भावना जगाउने, हिनतावाेध, लघुताभाष हुन नदिने,राष्ट्रियताकाे लागि उर्जा पैदा गर्ने एउटा संकल्प र अठाेट लिने समय हाे । याे उर्जाकाे लागि तमाम नेपालीकाे शिर उठाउनकाे लागि अात्मावाेधकाे लागि हामीले हाम्राे धर्म, संस्कृति, रितिरिवाज, कुल, वंश परम्परामा र नेपाली माटाेमा गर्व गर्ने संस्कारकाे थालनी र विकास गर्नु पर्दछ । यहि अात्मा सम्मान र गाैरवकाे थालनी राप्रपाले अायाेजना गर्न लागेकाे मेची – महाकाली राष्ट्रिय स्वाभिमान यात्राले गर्नेछ।

राष्ट्रिय स्वाभिमान यात्रा:

तत्कालीन राप्रपा नेपालले २०७१ पाैष १८ गते वाट झापामा सुरू गरि पाैष ३० गते काठमाडौंमा समापन गरेकाे रथयात्राले ३० जिल्लामा १९२९ कि. मि पार गरि १०८ वटा सभा सम्पन्न गरेकाे थियाे । राष्ट्रिय राजनीतिमा फरक धारकाे नेतृत्व गरेकाे राप्रपा नेपाल सशक्त पार्टी बन्नुमा र छाेटाे समयमा जनविश्वास अार्जन गर्नुमा याे रथयात्राकाे उल्लेख्य भुमिका रह्याे ।

भारतमा कांग्रेसकाे दवदवा लामाे समय सम्म रह्याे,भारतीय जनता पार्टी त्याे समयमा सिमित संख्यामा संसदमा उपस्थिति थियाे । नेताहरू अटल बिहारी वाजपेयी, लालकृष्ण अडवाणी मुरली मनाेहर जाेशी प्रभावसाली रहेता पनि हिन्दुवादी राष्ट्रवादी पार्टीलाई भारतीय जनताले पत्याएका थिएनन । यसै सन्दर्भमा विजेपीका प्रभावशाली नेता एल.के.अडवाणिकाे नेतृत्वमा भाजपाले सन् १९९०, २५ सेप्टेम्बर देखि ३० अक्टोबर सम्म साेमनाथ – अयाेध्या दशहजार किमि राम रथ यात्रा तय गर्याे । विजेपीकाे आयाेजनामा हिन्दु राष्ट्रवादी ,विश्व हिन्दु परिषदर र संघ परिवार याे यात्रामा सम्मिलित थिए,प्रतिदिन ३०० किमि यात्रा तय गर्ने याे यात्रामा अडवाणिले दिनकाे साना ठुला ६ आमसभामा सम्वाेधन गर्थे। यात्राकाे क्रममा विवाद,थुनछेक तथा केही हिँसाकाे घटना भएपनि याे यात्रावाट भारतकाे राष्ट्रियता मजवुद भयाे । हिन्दु राष्ट्रवादी एकिकृत भए आजकाे विजेपिकाे सत्ता राेहण र विकशित भारतकाे जग यहि रथयात्रा हाे
यसले विजेपी स्थापित मात्र भएन । भारतिय जनतामा राष्ट्रिय स्वाभिमान थप मजवुद बन्याे।

यसै पृष्ठभूमिमा राप्रपाले २०७५ फाल्गुण १५ देखि ३० गते सम्म ताप्लेजुङमा वाट समुद्घाटन गरि पश्चिम महाकाली हुँदै काठमाडौंमा आएर समापन गर्ने छ,पहिलाे चरणमा २८०७ किमि तय गर्दै यात्रा ३६ जिल्लामा पुग्ने छ । दास्राे चरणमा ७७ जिल्लामै याे यात्रा पुर्याईने छ । याे यात्राले धार्मिक सद्भावकाे अभिवृद्धि गर्नुकाे साथै राष्ट्रिय स्वाभिमानकाे जगेर्ना,राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापनाकाे लागि जनचेतनाकाे अभिवृद्धि गर्नुकाे साथै माहौल श्रृजना गर्ने छ । संघियताकाे खारेजिकाे पक्षमा अावाज उठाउनुकाे साथै हरेक प्रकारकाे छुवाछुत सामाजिक विकृतिको विरूद्धमा संकल्प प्रस्ताव पारित गरिने छ ।
राप्रपाले फाल्गुन ७ बाट शुभारम्भ गर्ने जनअान्दाेलनमा सहयाेग तथा सहभागिताकाे लागि जनतालाई अाह्वान गर्ने छ। यहि यात्राकाे पुर्व संन्ध्यामा यात्रालाई सफल बनाउन राप्रपा अध्यक्ष कमल थापाले मानेसराेवर, प्रशिद्ध पाथिभरा देवी,कालिञ्चाेक भगवती, दाेलखा भिमसेन लगायतका नेपाल अधिराज्यका विभिन्न मठ, मन्दिर, शक्ति पिठकाे अारधाना एवं उपासना गरिसक्नु भएकाे छ।

अध्यक्ष थापाकाे नेतृत्वमा हुने याे यात्रामा पार्टी कार्यकर्ता, विभिन्न धार्मिक समुदायको प्रतिष्ठित व्यक्तिहरू, समान विचार धाराका दल, समूह वा व्यक्तिहरू तथा ॐ कार परिवारमा रहेका व्यक्ति समुहहरूकाे व्यापक उपस्थिति रहने छ। अभियान पछि नेपालमा राष्ट्रवादी, हिन्दुवादी, राजसंस्थावादी जनताकाे शिर ठाडाे हुनेछ । सम्बर्द्धनवादी विचारधाराकाे उदय हुनेछ । जसरी भारतमा रथयात्रापछि विजेपि स्थापित भएकाे थियाे । त्यसै गरि राष्ट्रवादी जनताकाे भराेसा र विश्वासयाेग्य पार्टीको रूपमा राप्रपा स्थापित हुनेछ । प्रजातन्त्रवादीले विपी,गणेशमाण, किसुनजीलाई आदर्शकाे रूपमा सम्झना गर्छन । कम्युनिस्टले पुष्पलाल, मनमाेहन, मदनकाे जसरी स्मरण गर्छन,राष्ट्रवादी आन्दोलनका एउटा नेताकाे रूपमा नेपाली जनताले कमल थापाकाे नेतृत्वलाई भराेसा गर्नेछन,यस्ले मुलुकमा वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिकाे निर्माण र उदय हुनेछ,विश्वमा देखिएकाे राष्ट्रवादी रूझानलाई नेपालमा राप्रपाले नेतृत्व दिनेछ।

पार्टी एकता:
राप्रपामा पार्टी एकताकाे वहस चल्दै गर्दा पशुपतिशमशेर राणाकाे नेतृत्वकाे राप्रपा प्रजातान्त्रिक र डा.प्रकाशचन्द्र लाेहनिकाे नेतृत्वको राप्रपा राष्ट्रवादी एकीकृत भएका छन । याे स्वागतयोग्य कदम हो । सम्पूर्ण पार्टी एकताकाे लागि एक अग्रगामी कदम हाे तर एकताराप्रपामा पार्टी एकताकाे वहस चल्दै गर्दा पशुपतिशमशेर राणाकाे नेतृत्वकाे राप्रपा प्रजातान्त्रिक र डा.प्रकाशचन्द्र लाेहनिकाे नेतृत्वको राप्रपा राष्ट्रवादी एकीकृत भएका छन । याे स्वागतयोग्य कदम हाे ।

सम्पूर्ण पार्टी एकताकाे लागि एक अग्रगामी कदम हाे तर एकताकाे मसि सुक्न नपाउदै दुवै पार्टीका करिव १०० जनाकाे हाराहारीमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरू, वरिष्ठ उपाध्यक्षद्वय केशर वहादुर विष्ट र दिपक वाेहाेराकाे नेतृत्वमा सम्पूर्ण पार्टी एक हुनुपर्छ भन्दै दुवै पार्टीको अाफ्नाे पदाधिकारी तथा सदस्यहरूलाई पनि अत्ताे पत्ताे नदिईएकाे एकीकरण अपुर्ण र अदुरदर्शि छ भनेर विद्राेह भएकाे छ ।

यसले त्याे एकताकाे औचित्यमा प्रश्न खडा भएकाे छ । राप्रपा अध्यक्ष कमल थापासँग ३ वटा नै पार्टीको एकीकरण गर्ने भनिएर तयार पारिएकाे दस्तावेज प्रयाेग गरेर, स्थान तिथि मिति तय गरेर पनि केही समय मागेर पछि हटेका हाल राप्रपा संयुक्तका नेताहरूकाे मनसाय पार्टी एकतामा भन्दा पदिय भागवण्डामा वढि चासाे रहेकाे प्रष्ट छ । यसले संशय र आशंका पैदा गरेकाे छ । संघिय सांसद, प्रदेश सभा स्थानिय निकायमा प्रतिनिधित्व तथा निर्वाचनको मत हेर्ने हाे भने राप्रपा संयुक्त भन्दा करिव दाेव्वर मत रहेकाे महाधिवेशनवाट पारित गरिएकाे दस्तावेज समेत हेर्दा मुलधारकाे पार्टी राप्रपा नै हाे । अहिले विना सल्लाह गरिएकाे एकिकरणकाे मक्सद भनेकाे राप्रपाले गर्ने स्वाभिमान यात्रा लगायतकाे कार्यक्रमलाई डिस्ट्रव गर्ने र कार्यकर्ता तथा जनतामा भ्रम सृजना गर्ने मनसाय प्रष्ठ देखिन्छ ।

अबकाे विकल्प भनेकाे कि सबै आफ्ना व्यक्ति गत कुण्ठा र आकांक्षालाई थाति राखेर वृहतर राष्ट्रिय हित र नेपाली जनताकाे भावनालाई सम्मान गर्दै मिल्ने वातावरणमा जानुपर्छ नभए नेपाली जनता पर्खेर वस्ने मुडमा छैनन । अहिले काग्रेस, कम्युनिस्टमा पनि साेहि नामका ससाना पार्टीहरू अस्तित्वमा छन तर राष्ट्रिय राजनीतिमा प्रभाव शुन्य अवस्थामा रहेका छन ।

राप्रपाका चाेईटिएकाहरूहरूकाे पनि त्यहि अवस्था हुनेछ । त्यस्तै गरि नेपाली जनताले पनि राष्ट्रिवादी अभियानलाई अगाडि बढाउन, नेपालमा हिन्दुराष्ट्र,राजसंस्था पुन स्थापना गर्न, राष्ट्रियताकाे जग मजवुद वनाउन तथा सम्वर्धनवादी विचारधारालाई स्थापित गराउन राप्रपालाई मुलधारकाे वैकल्पिक प्रजातान्त्रिक पार्टीको रूपमा स्थापित गर्ने छन। अब मुलुकलाई निकास दिन ढिला नगराै संम्पुर्ण देशभक्त प्रजातान्त्रिक शक्तिहरू राप्रपा संग सहकार्य र एकता गराैं । आजकाे समयकाे माग यहि हाे।
लेखक राप्रपाका केन्द्रिय सदस्य तथा राप्रपा प्रवास विभाग प्रमुख हुन् ।

थप जानकारी