राष्ट्र हितमा समर्पित
शनिवार, मंसिर ११, २०७८

`भ्यालेन्टाइन डे ´ संस्कृति कि बिकृती ?

बिहिवार, २ फागुन २०७५ १६:०७

सुरेश मिश्र । भ्यालेन्टाइन अर्थात प्रणय दिवस, इटालिका पादरी सेन्ट भ्यालेन्टाइन जेल परेको समयमा कैदिहरुलाई प्रेम गर्न सिकाएको अभियोगमा १४ फेब्रुअरी २७० इस्वि संवतमा रोम सम्राट क्यालोडियसको आदेशमा मृत्युदण्ड दिइएको थियो। यसैको सम्झनामा १४ फेब्रुअरी अर्थात प्रणय दिवस मनाउन थालिएको इतिहास रहेको छ।

बिगत केही वर्षयता नेपालमा पनि प्रणय दिवसले नेपाली युवायुवतीहरुलाई आकर्षित गरिरहेको तथ्यलाई नकार्न सकिन्न । दुई विपरीत लिंगिविचको आकर्षणनै प्रेम हो भन्ने मेरो बुझाई छ । तर प्रेम पुर्णत: प्राकृतिक सम्बन्ध हो तसर्थ प्रेमका लागि भ्यालेन्टाइनै कुर्नुपर्छ भन्ने जरुरी छ जस्तो लाग्दैन। अर्थात प्रेमिल जोडिलाई जहिल्यै भ्यालेन्टाइन । भ्यालेन्टाइनले बिगत केही वर्षयता नेपाली समाजमा समेत जरा गाडेको अवस्था छ। तर भ्यालेन्टाइन मनाउनु उचित कि अनुचित भन्ने विषयमा बहस नचलेको भने हैन ।

भ्यालेन्टाइन पुर्णतः पाश्चात्य संस्कृती हो । प्रेम हुनको निमित्त दुई विपरीत लिंगिविच परस्पर आकर्षणको जरुरत पर्दछ। हुनत यतिले मात्रै प्रेमको परिभाषा सम्भव नहोला। तर अहिलेको अवस्थासम्म आइपुग्दा नेपाली समाजले अहिलेनै पुर्णतया पाश्चात्य संस्कृतिलाई स्विकार गरिसकेको अवस्था छैन।

हाम्रा आफ्नै संस्कृति छन जो लोपोन्मुख अवस्थामा रहेका छन तिनिहरुलाई बढावा दिन छाडेर यसरी आयातीत संस्कृतिलाई बढावा दिएर आफ्नो संस्कृतिलाई बिर्सिदै गएको आम जनमानसको समेत दुखेसो रहेको कुरा पटकपटक सुनिदै आइएको छ। तर यो लेखिरहदा मेरो भने भ्यालेन्टाइन प्रती कुनै नकारात्मक भाव भने हैन। तर यस्ता आयातीत संस्कृतिकै कारणले राज्यको पैशा बिदेश गएको सत्यता हामिमाझ लुक्न भने सक्दैन।

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसमा राज्यको करोडौं पैसा अन्य देशमा गएको सत्यतालाई भने नकार्न सकिन्न । यसपटक अर्थात ०७५ सालमा मात्र भ्यालेन्टाइन डेको लागि भनी एक करोडौ मुल्य बराबरको फुल भारतवाट आयत भनेको तथ्यांक सार्वजनिक भएको छ। यसरी राज्यको सम्पती बाहिरिरहदा हामिजस्ता सचेत नागरिकको ध्यानाकर्षण हुनु जरुरी हुन्छ।

हामी नेपाली अर्थात पुर्वीया संस्कृति र दर्शनका अनुयायी हौं। हाम्रो आफ्नै मौलिक संस्कृति र विविधता रहेको छ जो संसारको अरु कुनै मुलुकमा छैन । यसमा हामिले आफुले आफुलाई संसारमाझ घमण्डका साथ गर्व गर्न सक्छौं । तर बिगत केही वर्ष यता हामिमा पश्चिमी संस्कृति हावी हुदैछ।
यसमा हामिले आफुले आफुलाई संसारमाझ घमण्डका साथ गर्व गर्न सक्छौं । तर बिगत केही वर्ष यता हामिमा पश्चिमी संस्कृति हावी हुदैगरेकोले कतै हाम्रो संस्कृति ओझेलमा त पर्ने हैन कि भन्ने आशंका पनि हावी हुँदै छ।

हाम्रो संस्कृति दर्शनको भावी पुस्तालाई समेत जानकारी दिनु हाम्रो दायित्व हो तर दिनानुदिन यसरी अरुको संस्कृति हावी हुदैगर्दा हाम्रो संस्कृति लोप हुने खतरा भएकाले यसतर्फ सबै जनमानस सचेत हुनपर्ने अवस्था देखिन्छ ।

थप जानकारी