राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

राप्रपा अध्यक्ष कमल थापाको गीत “मेरो प्यारो नेपाल” (भिडियो सहित)

आइतवार, १२ फागुन २०७५ ७:११

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाको गीत “मेरो प्यारो नेपाल” शनिबार लोकार्पण भएको छ ।

राजधानीको हिमालचुली कल्चरल सेन्टरमा आयोजित कार्यक्रममा विभिन्न श्रष्टाबाट संयुक्त रुपमा गीत विमोचन भएको हो ।

गीत “जहाँ म जन्मे जहाँ हुर्की बढें, त्यहि माटो पानी मेरो भूस्वर्ग” बोलको गीत विभिन्न सातवटा भाषामा रेकर्डिङ भई सार्वजनिक समेत गरिएको छ ।

संगीतकार शम्भुजीत बाँस्कोटाको संगीत रहेको कमल थापाको गीतिसंग्रहमा नेपाली भाषामा गायक राजसागर, नेवारी भाषामा अमला महर्जन, मैथिलीमा मेचु धिमाल, भोजपुरीमा हरिशंकर चौधरी, लिम्बू भाषामा खगेन्द्र याक्सो, तामाङ भाषामा टीका बम्जन र थारु भाषामा हरिशंकर चौधरीको गायन रहेको छ ।

हेर्नुहोस भिडियो

थप जानकारी