राष्ट्र हितमा समर्पित
बिहिवार, बैशाख १३, २०८१

मधुमेहका रोगी बढ्दै

आइतवार, १२ फागुन २०७५ १०:२६

काठमाडौँ, फागुन १२ गते । नेपालसहित विश्वमा मधुमेह (डाईविटिज) रोगीको सङ्ख्या निरन्तर बढीरहेको पाइएको छ । खानपानमा सावधानी नअपनाउने र शारीरिक व्यायाम नगर्नेहरुमा यो रोगको समस्या बढी देखिएको छ ।

नेपाल डाइबिटिज सङ्घका कोषाध्यक्ष डा. जया प्रधानका अनुसार, विश्व स्वास्थ्य सङ्गठनले सन् २०१६ मा गरेको सर्वेक्षणअनुसार विश्वभर ३२ करोड ४० लाख मानिस यस रोगबाट पीडित छन् ।

नेपालमा मात्र कुल जनसङ्ख्याको ९.१ प्रतिशत मानिस मधुमेहबाट प्रभावित छन् । नेपालमा मधुमेह रोगीको सङ्ख्या क्रमशः बढ्दो अवस्थामा छ ।

मधुमेह न्यूनीकरण र जागरणका लागि शनिबार इन्डो नेपाल–युएस डाईविटिज बैठकको आयोजना गरिएको छ । बैठकमा अमेरिका, भारत, श्रीलङ्का, अस्ट्रेलियाका चिकित्सकहरूको सहभागिता छ ।

कार्यक्रममा डा. ईश्वरलाल आचार्यलाई डाइविटिज लाईफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो ।

डा. आचार्यले विश्वभर नै बढिरहेको डाइविटिज रोगबाट धेरै नेपाली प्रभावित छन् र प्रभावित हुने क्रम जारी रहेको बताउँदै विभिन्न खाद्य बस्तुको अनुसन्धान गर्दा खाना खाँदा आदिवासीले सदियौंदेखि प्रयोग गर्दै आएका खाना राम्रो रहेको पाइएको बताउनुभयो । उहाँले खाना प्रशोधनका परम्पारगत विधि प्रयोगका साथै मैदाजन्य खाना न्यूनीकरण गर्न, शारीरिक व्यायामलाई नियमित गर्न आदि सुझाव दिनुभयो ।

थप जानकारी