राष्ट्र हितमा समर्पित
सोमवार, मंसिर २०, २०७८

राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा यसकारण महत्त्वपूर्ण छ

मङ्गलवार, १४ फागुन २०७५ १४:२९

सुजित के.सी 

राप्रपा नेपालको एक मात्र राष्ट्रवादी पार्टी हो । विं.सं. २०६२।६३ सालको परिवर्तन पछिका घटनाहरुले पनि राप्रपा नेपाली राजनितिमा फरक मार्ग चित्र बोकेको वैकल्पिक राष्ट्रवादी शक्ति भएको पुष्टि गरिसकेको छ । राप्रपाले लिएको धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको एजेण्डा तथा उदारवादको निति नै नेपालको भूराजनिति अनुकुलको उत्कृष्ट राजनितिक विचार र एजेण्डा भएको वर्तमान राजनितिक घटनाक्रमबाट प्रमाणित भएको छ ।

देशमा भईरहको राजनितिक बिचलन, धर्मान्तर, दण्डहिनता, असुरक्षा, वेरोजगारी, भ्रष्टचार जस्ता तमाम समस्याहरुले सबै नेपाली आक्रान्त र आतंकित छौं । हिन्दुत्वलाई कमजोर पार्ने ठूलो षड्यन्त्र भईरहेको छ । राष्ट्रिय एकतालाई छिन्नभिन्न बनाईदैछ । देशमा विखण्डनका नारा गुन्जिन थालेका छ । व्यापार घाटा त छँदै थियो झन अहिले त अरबौं रुपैंयाको कालो धन विदेशीने क्रम जारी हुँदा आर्थिक रुपमा देश जरजर अवस्थामा पुगिसकेको छ । धर्म, संस्कृति परम्परा जस्ता नेपालीको अस्तित्वसँग जोडिएको विषयलाई राज्य स्तरकै सहयोगबाट पटक पटक प्रहार भईरहेको छ । राष्ट्रियता झन झन कमजोर हुँदै गईरहेको छ । धर्मान्तर र जातिवादी मौलाउँदै जाँदा देशमा धार्मिक र जातिय द्घन्द हुने हो की भन्ने त्रास बढेर गएको छ । गणतन्त्र र संघीयता नै असफल हुने संकेत देखा पर्न थालेको छ । रोजगारीको लागि विदेशी पर्ने बाध्यता आज नेपाल युवाको नियति बन्न पुगेको छ । यि सबै समस्या समाधान गरी समृद्ध नेपाल निर्माण गर्ने संकलपका साथ नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गर्न, संघीयताको बिषयमा जनताको अभिमात बुझ्न जनमत संग्रहका लागि दबाब दिन समेत राप्रपाले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुरु गरेको हो ।

देशमा भईरहेको घटना परिघटनाले नेपाल र नेपालीको अस्तित्व नै संकटमा परेको अवस्थामा सबै नेपाली आफ्नो र देशको स्वाभिमानको लागि एक हुन आवश्यक छ । यहि एकताले नै देशको स्वाभिमानको रक्षा गर्न सक्ने शक्ति र सामर्थ्य जुटाउँदछ ।

राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको लागि एकभई लागेमा देशको संकटग्रस्त अवस्थाको अन्त्य हुनेछ । विदेशीको प्रभाव र प्रलोभनमा भई रहेको धर्मान्तरले नेपाली समाजलाई कुसंस्कृत र भ्रष्ट बनाएकै कारण देशमा अराजकता मौलाउँदै गएको अवस्थामा यसको अन्त्य गर्न पनि ९४ प्रतिशत ओमकार परिवारको आस्था र अस्तित्वसित जोडिएको हिन्दु राष्ट्र स्थापना गरी देशलाई सनातन मुल्य र मान्यतामा आधारित राजकिय व्यवस्था कायम गर्न आवश्यक रहेको वर्तमान सन्दर्भमा सबै नेपालीलाई राष्ट्रिय स्वाभिमानको जर्गेनाको लागि जनचेतना अभिवृद्धि गर्न जरुरी भएको हुँदा यस राष्ट्रिय स्वाभिमान अभियान गर्न लागिएको हो ।

राष्ट्रिय स्वाभिमान यात्रा

नेपालमा संवैधानिक राजसंस्था, हिन्दुराष्ट्र पुर्नस्थापना गर्न र संघीयता खारेजी गरि सुदृढ स्थानीय शासन प्रणाली स्थापना गर्न जनचेतना अभिवृद्धिको लागि राप्रपाले राष्ट्रिय स्वाभिमान यात्रा शुरु गरेको हो । स्वाभिमान यात्रा यहि फागुन १५ गतेबाट ताप्लेजुङ्ग जिल्लाको पाथिभरा देवीको मन्दिरमा धार्मिक अनुष्ठान गरी शुभारम्भ गरिनेछ । राष्ट्रिय स्वाभिमान यात्रा ७७ वटा जिल्लामा सम्पन्न गरिनेछ ।

पहिलो चरणको यात्रा ताप्लेजुङ्ग शुरु भई ३६ वटा जिल्लामा २५० वटा भन्दा बढी साना ठूला सभाहरु गरि २८०७ कि.मि भन्दा धेरै बढी दुरी पार गरि फागुन ३० काठमाण्डौं ठूलो आम सभाको आयोजना पश्चात सम्पन्न हुनेछ । यात्राका क्रममा र समापन सभामा राप्रापाको अध्यक्ष कमल थापा, सांसद राजेन्द्र लिङ्देन, विभिन्न धार्मिक व्यक्तिहरु लगायतले सम्बोधन गर्ने छन् । यसमा केन्द्रबाट गए ५०० जना भन्दा धेरै र प्रत्येकका सहभागीहरु गरी हजारौंको संख्यामा सहभागीता हुनेछ ।

प्रत्येक दिन यात्रा प्रारम्भ पूर्व र यात्रा समापन भएपश्चात धार्मिक अनुष्ठान गरिने छ । यात्राका क्रममा पर्ने प्रमुख धार्मिक स्थलहरुमा धार्मिक अनुष्ठान सम्पन्न गर्ने, पवित्र कुण्ड एवं नदीको जल यात्रा अवधिमा संकलन गरी कलशमा राखी पशुपतिनाथमा चढाउने व्यवस्था समेत मिलाईएको छ ।

स्वाभिमानमा यात्रा बौद्ध धर्मको स्तुपा, गाई सहितको भगवान पशुपतिनाथको मन्दिर र विशेष मञ्च सहितको गरी तीन वटा गाडीमा छुट्टछुट्टै रथा तथा झाँकीहरु समावेश गरिएको छ । यात्राको क्रममा सामूहिक संकल्प प्रस्ताव पारित गरी यात्रा अवधिभर आयोजना हुने सभा तथा धार्मिक अनुष्ठानहरुमा हिन्दुराष्ट्र स्थापना गर्ने घोषणाका साथै विभिन्न सामाजिक सुधार सम्बन्धि सामूहिक संकल्प प्रस्ताव समेत पारित गरिनेछ । त्यस्तै यात्राका क्रममा सर्वसाधारणहरुमाझ मुठ्ठीदानको लागि समेत आह्वान गरिने छ ।

राष्ट्रिय स्वाभिमान यात्राको उद्देश्य

नेपाललाई सर्वधर्म, समभाव र पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र घोषण गर्न जनतालाई जागृत गराउन

संवैधानिक राजासहितको प्रजातन्त्रको पुर्नस्थापनाका लागि जनचेतना अभिवृद्धि गराउन

जातीय सद्भाव कायमका जनचेतना जगाउन
छुवाछुत प्रथा र जातको आधारमा मन्दिर प्रवेश निषेध प्रथा खारेजका सचेतनाका लागि 

गौ हत्या अन्त्य गराउन

लिङ्गभेद अन्त्य गर्दै महिला वर्गको समान अधिकार कायम गर्न

संगठित र नियोजित रुपमा भईरहेको धर्म परिवर्तन कार्यलाई बन्द गराउन

राप्रपाले नेपाललाई हिन्दु कायम गर्न राष्ट्रिय जनजागरण अभियान अन्र्तगत देशैभरि घरदैलो कार्यक्रम सम्पन्न गरी सबै स्थानीय तहसम्म जनजागरण अभियान यस अघि नै पु¥याईसकेको छ भने अहिले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा मार्फत नेपाल र नेपालीको स्वाभिमान रक्षा गर्ने अभियानमा केन्द्रित छ ।

देशमा रहेको सबै किसिमका अन्यौल र संकटलाई अन्त्य गर्न असफल व्यवस्था गणतन्त्रलाई परिवर्तन गरी राजसंस्थालाई पुर्नस्थापित गर्न समेत आवश्यक भएको हुँदा सबै नेपालले अब यस तथ्यलाई बुझि राप्रपाको वैचारिक धार नै वर्तमान समस्या समाधानको आधार मानी राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने अभियान आजको आवश्यकता बुझ्न जरुरी छ ।

थप जानकारी